नेपालगन्जमा श्रमिकहरुको निशुल्क स्वास्थ्य चेकजाँच

नेपालगन्ज : आज नेपालगन्जमा श्रमिकहरुको निशुल्क स्वास्थ्य चेकजाँच गरिएको छ । १३५ औं श्रमिक दिवसको अवसरमा लाइफलाइन हस्पिटल नेपालगन्ज र श्रमिकका क्षेत्रमा काम गर्दै आएको जिफन्टको आयोजना र सहकार्यमा नेपालगन्ज उपमहानगरपालिका(१३ मा श्रमिकहरुको निशुल्क स्वास्थ्य चेकजाँच गरिएको हो ।

लाइफलाइन हस्पिटलमा कार्यरत फिजिसियन डा. पारश श्रेष्ठका अनुसार श्रमिक दिवसमा मजदुरहरुको स्वास्थ्य चेकजाँच गरिनुका साथै स्वास्थ्य सम्बन्धि परामर्श सेवा प्रदान गरिएको बताउनुभयो । उनीहरुको बिपि, सुगर लगायतको चेकजाँच गरिएको थियो । त्यसैगरी जोखिमपूर्ण काम गर्दा अपनाउनुपर्ने सावधानीको बारेमा परामर्श समेत प्रदान गरिएको डा श्रेष्ठले बताउनुभयो ।

दैनिक श्रममा व्यस्त हुँदा उनीहरुलाई आफ्नो स्वास्थ्य अवस्थाबारे खासै जानकारी नहुने र अबस्था जटिल भैसकेपछि मात्र हस्पिटल पुग्ने अवस्थाको सिर्जना नहोस भन्ने उद्देश्यले प्रारम्भिक स्वास्थ्य परिक्षण गरिएको डा. श्रेष्ठले बताउनुभयो । साझबिहानको जोहो गर्न मुस्किल पर्ने उनीहरुलाई निशुल्क स्वास्थ्य शिबिरले ठूलो राहत प्रदान गरेको छ । निशुल्क स्वास्थ्य शिबिरमा ११० जना मजदुरहरुले सेवा लिएका थिए । सुगर, प्रेसर चेकजाचँका साथै औषधि पनि प्रदान गरिएको जिफन्ट बाँकेका अध्यक्ष कृष्ण बहादुर बुढाले जानकारी दिए । शब्द तस्बिर : स्वास्थ्य पेज

प्रतिक्रिया