
गणेश राई, नेपालगन्ज : बाँकेको खजुरामा बाढी आएको छ । स्थानिय पेडारी नालामा पानिको बहाव बढेपछि बाढी आएको हो । बाढी आएपछि पानि सडकमाथि हिडडुल गर्न समेत नसकिने अवस्थामा पुगेको स्थानिय गौरव सापकोटाले बताए । सडक माथिबाट बाढी बग्न थालेपछी यातायातमा अवरुद्ध भएको छ ।
सडक वारपार गर्न नसकिने अवस्था आएको स्थानिय बताउँछन । पेडारी नालामा रहेको जिर्ण पुलको सटटामा नयाँ पुल नबनाउँदा थप कठिनाई खजुराका जनताले बेहोर्न परेको आदर्श युवा सञ्जाल खजुराका सचिव सुवास निरौलाले गुनासो गरे । खजुरा एक नम्बर र खजुरा बजार जोड्ने उक्त पेडारी नालाको पुल छिटो निर्माण गर्न स्थानिय सरकार सक्रिय हुनुपर्ने निरौलाले बताए ।
पानिको बहाव बढ्दै गइरहेकोले सचेत भई यात्रा गर्न खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदिले अनुरोध गरे । सुवेदीले विपदका बेला कुनै समस्या परे स्थानिय सरकारका निकायहरुमा सम्पर्क गर्न अनुरोध समेत गरे । उनले आफ्नो सामाजिक सञ्जालमा सम्पर्कका लागि नम्बरहरु राखेका छन ।
