Skip to main content

Welcome to Khabargunj

Stay informed with the latest news, insightful articles, and engaging stories from around the globe. Our dedicated team of journalists brings you accurate, timely, and relevant news that matters to you.

क्याप्टेन थापाको नेतृत्वमा  न्यू बागमती  स्पोर्ट्स क्लब गठन

खजुरा : बाँकेको खजुरा गाउँपालिका ३ बागमती नगर स्थित क्रियाशील  न्यू बागमती  स्पोर्ट्स क्लबले निबर्तमान अध्यक्ष  सुरज चन्दको अध्यक्षता भेला बोलाई  नयाँ कार्य समिति चयन गरेको छ ।  न्यू बागमती स्पोर्ट्स कलबमा आगामी कार्यकालका लागि  अध्यक्ष पदमा पूर्व भारतीय  क्याप्टेन तिर्थ राज थापा मगरलाई चयन गरेको हो ।  कलबको कागजात सहित सम्पुर्ण जिम्मेवरी सुम्पिनु भयो। उक्त कार्यक्रममा खजुरा गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिब छबिलाल बिस्ट लगायत संस्थापक  अध्यक्ष मन बहदुर राना मगर, क्लबका सल्लाहकार भक्त ब के सि, पुर्ब वडाअध्यक्ष कान्तुराम गौतम र अन्य जनप्रतिनिधी सहित खेलाडीहरुको सहभगिता थियो  ।  नवगठित समितिको  महिला उपाध्यक्षमा नन्दी पुन मगर, पुरुष उपाध्यक्षमा विजय गुरुङलाई चयन गरिएको छ । भेलाले सचिवमा सन्देश थापा, सहसचिव करन थापा, कोषाध्यक्षमा मनोज पुन मगर चयन भएका छन् । यस्तै सदस्यहरूमा महेश बिष्ट, कल्पना तामाङ, सीता राना, लक्ष्मी थापा, गणेश खत्री, बलवीर थापा, र प्रत्येक योगीलाई चयन गरेको हो । तीन वर्षे कार्यकाल रहेको उक्त समितिले खेल गतिविधिलाई सक्रिय बनाउने, खेलाडी उत्पादन गर्ने, अन्य क्लबहरूसँग सहकार्य गर्ने, सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्ने, सरसफाई तथा स्वास्थ्य गतिविधिहरूमा सक्रिय हुने र खेलमैदान उपलब्ध गराउन स्थानीय सरकारसँग पहल गर्ने लगायतका क्रियाकलाप गर्ने योजना बनाएको नवनिर्वाचित अध्यक्ष तीर्थराज थापा मगरले जानकारी दिए । आज बसेको भेलाले नव समिति चयन गर्नुका साथै विभिन्न गतिविधिहरूलाई क्रियाशील बनाउन उपसमितिहरू निर्माण गरेको छ । भेलाले आर्थिक समितिमा पूर्णचन्द्र पोखरेललाई संयोजकको जिम्मेवारी तोकेको छ । यस्तै खेलकुद समिति संयोजकमा भूपेन्द्र रानाले जिम्मेवारी पाएका छन् भने  दुर्व्यसन  नियन्त्रण समितिको संयोजकमा इन्द्रबहादुर बुढालाई जिम्मेवारी सहित चयन गरिएको छ । सांस्कृतिक संयोजकमा भीमसेन खड्का, सरसफाई तथा स्वास्थ्य संयोजकमा मनोजपुन मगरलाई जिम्मेवारी तोकिएको भेलाले जनाएको छ । कार्यक्रमको सन्चालन पुर्ब प्र.अ. हरि प्रसाद उपाध्यायले गरेका थिए ।


खजुरामा युवा वर्गलाई लागू औषध सम्बन्धी सचेतना

खजुरा : बाँकेको खजुरामा युवा युवतीलाई लागू औषध सम्बन्धी जन चेतना मुलक कार्यक्रम गरिएको छ ।  महिला तथा बालबालिका संरक्षण केन्द्र खजुराको आयोजना तथा खजुरा गाउँपालिका वडा नम्बर ४ को कार्यालयको सहयोगमा भएको अन्तर्क्रिया कार्यक्रम गरिएको हो ।  लागू औषध प्रयोगकर्ता खजुरा गाउँ पालिका रेट जोन मा परेको पालिका रहेको इलाका प्रहरी कार्यालय धनौलि खजुराले जनाएको थियो । प्रहरी कार्यालय लागू औषध नियन्त्रण गर्न कटिबद्ध भएर लागिरहेको इप्रका धनौलिले जनायो । उपस्थित सहभागीले समाजमा लागि औषध प्रयोगकर्ता बढिरहेको अवस्थामा यसको नियन्त्रण गर्न सबैले प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिए । खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले आजका युवा सही ढंगबाट अघि बढ्न जरुरी रहेको उल्लेख गरे । अध्यक्ष बिकले लागू औषध जसले सेवन गर्छ त्यो शारीरिक देखि मानसिक सन्तुलन गुमाउन सक्ने बताउँदै कुलतबाट टाढा रहन आग्रह गरे ।  खजुरा गाउँपालिका वडा नम्बर ४ का वडध्यक्ष टेक बहादुर रोका क्षेत्रीले  पछिल्ला दिनमा धेरै युवाहरु  लागू औषध प्रयोग गर्ने बढेकोले यसको निगरानी र नियन्त्रणका उपाय अपनाउन अनुरोध गरे ।  वडा नम्बर ४ का वडा सदस्य लिला सुनारले युवालाई क्रियाशील बनाउन स्थानीय सरकारले सोही अनुरुप कार्यक्रम ल्याउन जरुरी रहेको उल्लेख गरे ।संस्थाकी अध्यक्ष खगिसरा विकको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी ओली केसी, इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक, सञ्चारकर्मी खगेन्द्र दाहाल लगायतले सहजीकरण गरेका थिए । कार्यक्रम दुई दिन सम्म संचालन गरिएको थियो । कार्यक्रमको समापनमा युवा अगुवाहरुलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा सञ्चारकर्मी खगेन्द्र दाहाललाई युवाका प्रेरणाका स्वरूप सम्मान पत्रले सम्मान गरिएको थियो । 


 

Our Core Values

Integrity

We uphold the highest standards of journalism, ensuring that our reporting remains truthful and unbiased.

Transparency

We believe in open communication and accountability, sharing the facts as they are.

Community Focused

Our mission is to serve and inform our local and global communities with timely news.

Stay Informed

Join our community for the latest updates in news and journalism.

Testimonials

What Our Readers Say

Khabargunj keeps me updated on everything happening around the world!

What Our Readers Say

The articles are insightful and well-researched.

What Our Readers Say

I appreciate their commitment to integrity in journalism.