नेपालगन्ज : भृकुटी बहुउद्देश्यीय सहकारी संस्था लि.को अध्यक्षमा पुनः गजेन्द्रमान पति चयन हुनुभएको छ ।
शनिबार सम्पन्न सहकारीको १४ औं वार्षिक साधारण सभाबाट पतिलाई सर्वसम्मत पुनः अध्यक्ष पदमा चयन गरिएको हो ।
पति भृकुटी सहकारीमा लगातार तीन कार्यकाल अध्यक्ष पदमा रहि काम गर्नु भएको छ । अध्यक्ष पतिको लोकप्रियताका कारण तीन कार्यकाल संस्थालाई उचाईमा राख्नु सफल हुनु भएको सहकारीमा आवद्ध सेयर सदस्यहरु बताउछन ।
साधारण सभाले नया“ कार्यसमितिको उपाध्यक्षमा नन्द कुमार जोशी, सचिवमा सरला विष्ट र कोषाध्यक्षमा गंगा क्षेत्री श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो ।
त्यस्तै सदस्यहरुमा निरक शर्मा, राम प्रसाद मिश्रा, आशाराम डा“गी, माया शार्मा र मंगल चन्द शाक्यसहित ९ जनाको नया“ कार्य समितिको चयन गरिएको सहकारीका कानूनी सल्लाहकार तथा नया“ समिति चयन समितिका निर्वाचनका निर्वाचन अधिकृत अधिवक्ता लोक बहादुर शाहले जानकारी दिनुभयो ।
अधिवक्ता शाहका अनुसार साधारण सभाले तीन सदस्य लेखा सुपरिवेक्षण समिति समेत चयन गरिएको छ । लेखा समिति संयोजकमा बाबुराम आ“कुरालाई सर्वसम्मत चयन गरिएको छ । त्यस्तै लेखा समिति सदस्यहरुमा अनिता डिसी र श्री निवास अधिकारी लाई चयन गरिएको छ ।
साधारण सभामा बोल्दै अध्यक्ष पतिले प्रस्तुत गरेको संस्थाको वार्षिक प्रगति प्रतिवेदन अनुसार आ.व. २०७७÷०७८ मा ६ लाख ८५ हजार ५ रुपैया २८ पैसा खुद मुनाफा गरेको छ । यस अघिको आ.व.मा भने सहकारीले ३९ लाख ६५ हजार ७ सय १० रुपैया शुद मुनाफा गरेको थियो । विश्व सहित नेपालमा पनि कालझै फैलिएको कोभिड १९ का कारण पर्न गएको असरका कारण सहकारी सोचेजस्तो मुनाफा लिन नसकेको सहकारीका कार्यकारी निर्देशक हरिओम रघुवंशीले बताउनुभयो ।
त्यस्तै सहकारीले गत आ.व.को असाढ सम्ममा ९ करोड ६८ लाख ६४ हजार ४७ रुपैया ५० पैसा कर्जा लगानी गरेको छ । भने ५ लाख ६३ लाख ९१ हजार १ सय ८४ कर्जा असुली गरिएको छ । डा. जनार्दन आचार्यको प्रमुुख आथित्यतामा सम्पन्न साधारण सभामा जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष भुपेन्द्र अधिकारी, नेपालगञ्ज उ.म.नपा. वडा नं. १० का वडा अध्यक्ष विष्णुभुषण वस्नेत लगायतको सहभागिता रहेको थियो ।