खजुरामा ७५ प्रतिशत अनुदानमा साना सिचाँई

नेपालगन्ज : खजुरा गाउँपालिकाले किसानहरुलाई ७५ प्रतिशत अनुदानमा साना सिचाँई वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै गाउँपालिकाको कृषि शाखाले किसानहरुलाई अनुदान सहयोगमा साना सिचाँई वितरण गरेको हो ।

साना सिचाँइ वितरण गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले कृषिमा पालिकालाई समृद्ध बनाउन यस किसिमको सहयोग हरेक वर्ष उपलव्ध गराउदै आएको बताउनुभयो । खजुरामा समृद्ध कृषिको लागि जग बसाइएको बताउदै अध्यक्ष कक्षपतिले सिचाँई साधनको उचित प्रयोग गरि कृषि उत्पादन बढाउन किसानहरुलाई आग्रह गर्नुभयो ।

शुक्रबार वितरण गरिएको साना सिचाँई खजुरा गाउँपालिकाका २२३ जना किसानले प्राप्त गरेका थिए । जसमा १६१ जना किसानलाई मोटर र ६२ जनालाई पप्पसेट वितरण गरिएको कृषि शाखा प्रमुख पुनम पोखरेलले जानकारी दिनुभयो । वितरण कार्यक्रममा खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसी, अगुवा किसान लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया