
नेपालगन्ज : शिख समुदायको स्थापना दिवस धुमधामले मनाइने भएको छ । आगामी बैशाख ३ गते स्थापना दिवस अर्था ‘खाल्सा सजना दिवस’ को अवसरमा नेपालगन्जमा विविध कार्यक्रमको आयोजना गरीएको छ ।
शिख समाज बाँकेको आयोजनामा गुरु नानक देव सेवा सोसाइटि इन्टरनेश्नल युएसए को सहयोगमा २ सय २३ औँ स्थापना दिवसको अवसरमा झाँकी निकाल्ने लगायतका कार्यक्रम गर्न लागिएको शिख समाज बाँकेका अध्यक्ष राजेन्द्र सिंह सरदारले बताए ।विहान ११ बजे नेपालगन्जको विपिचोक स्थीत गुरुद्धारा मन्दिरबाट शोभायात्रा निकाल्ने तयारी गरीएको सरदरले बताए ।
उनका अनुसार त्यसदिन साँझ ६ बजेसम्म शोभायात्रामा मार्सलआर्ट लगायतका सांस्कृतिक कार्यक्रम गर्ने गरीएको छ । हरेक वर्ष आयोजना हुने गरेको भएपनि यो कार्यक्रम कोरोनाका कारण ४ वर्षपछि आगामी २०७९ सालमा आयोजना गर्न लागिएको हो । उक्त कार्यक्रममा करीब ४÷५ हजार मानीसको सहभागीता हुने सरदारले बताए । शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी दिइएको हो ।
शिख समुदायले सामाजीक काममा समेत महत्वपुर्ण भूमीका खेल्दै आएका छन् । कोरोना महामारी लगायत अन्य समयमा निःशुल्क रुपमा भण्डारा सन्चालन गर्ने लगायतका कार्यक्रम गर्दै आएका छन् ।