चैत्र २५, नेपालगन्ज : नेपालगन्जमा शुक्रबारदेखी खोज पत्रकारीता तालिम सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा चैत्र २९ गतेसम्म तालिम सन्चालन हुन लागेको हो ।
यस क्षेत्रमा खोजी पत्रकारीता गर्नका लागि पत्रकारहरुलाई उत्प्रेरीत गर्न तालिमको आयोजना गरीएको नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीले बताए ।
राज्यले गरेका कामलाई ऐना जसरी देखाउनुपर्ने र कमजोरी भएका ठाँउमा सुधार्नका लागि दबाब दिनुपर्ने जिम्मेवारी पत्रकारको भएकाले यस तालिमले यस क्षेत्रका पत्रकारलाई दक्ष बनाउने लक्ष्य लिइएको नेपालगन्ज उप–महानगरपालिकाका प्रवक्ता प्रमोद रीजालले बताए ।
करीब २५ जना सहभागी रहेको उक्त तालिममा खोज पत्रकारीता तालिम केन्द्रका सम्पादक किरण नेपाल, रामेश्वर बोहोराले पहिलो दिन सहजीकरण गरेका छन् ।