नेपालगन्ज : बाँकेमा नेकपा एकीकृत समाजबादी छोडेर नेकपा एमालेमा ठूलो समूह प्रवेश गरेको छ ।
नेकपा एस बाँकेका सहसचिव समेत रहेका युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष तथा केन्द्रीय सचिव किशोर थापाको नेतृत्वमा १२ सय बढी नेकपा एस छोडेर नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपि ओलिको प्रमुख आतिथ्यतामा अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रबेश कार्यक्रममा नेता थापाको नेतृत्वमा, नेकपा एस तथा युवा संघ नेपाल, समाजबादी प्रेस संगठन लगायतका संगठनबाट १२ सय बढी नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।
नेकपा एमाले बाकेका रत्न खत्रीले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै १२ सय बढी समाजबादी परित्याग गरि एमालेमा प्रवेश गरेकोजनाएका छन् ।
नेकपा एस बाट एमाले प्रवेश गर्नेहरुलाई नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलि र नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले स्वागत गर्नुभएको थियो ।