जनप्रतिनिधि आए पछी फेरिएको वडा नम्बर चार

अगैया, बाँके : स्थानीय तहको निर्वाचनअघि वडाभित्रका विभिन्न गाउँमा जाँदा सास्ती खेप्नुपथ्र्यो । सडकको अवस्था दयनीय हुँदा हिँड्डुुल गर्नै मुश्किल पर्ने वडा नं. ४ का सडकहरु स्थानीय सरकार आएपछि सुधारिएका छन् । जनप्रतिनिधी नहुदा कच्ची र धुलाम्मे सडकले स्थानीयहरुलाई आवतजावतमा निकै सास्ती हुन्थ्यो ।

स्थानीय तहको निर्वाचनपछि राप्तीसोनारी गाउँपालिकाको वडा नं. ४ पनि नमूना तथा विकासोन्मूख वडाका रुपमा अधि बढिरहेको छ । वडा नं. ४ कार्यालयल भौतिक, वातावरणीय, मानवीय, सडक, शिक्षा स्वास्थ्य, कृषि, पशु, वन सबै कुराहरुको विकास तथा संरक्षण गर्नुपर्ने कार्यलाई सहजरुपमा अघि बढाउनका लागि सक्रिय देखिएको छ । जसले गर्दा सबै कुराहरु जनतासमक्ष पुर्याउन र सेवा प्रदान गर्न सहज बन्यो राप्ती सोनारी वडा नं. ४ लाई । संघीय संरचना अनुसार निर्माण भएका वडाहरुमा राप्ती सोनारी वडा नं. ४ मा विविध विषयमा कार्यक्रमहरु पनि सञ्चालनमा आएका छन् ।

कार्यक्रमहरुले प्रत्यक्षरुपमा जनतालाई सहजसमेत बनाएको पाइएको छ । जनप्रतिनिधी निर्वाचित भएपछि केही सडकहरु पक्की बनेका छन् भने केही सडकमा ग्राभेल तथा माटो पटान गरी स्तरोन्नती गरिएको वडाध्यक्ष कान्छा थारु बताउँछन् ।

जनप्रतिनिधि आएपछि वडाको विकासले गति लिएको छ । यस वडाको अवस्था पहिलेभन्दा निकै फेरिएको छ । सडकहरुको स्तरोन्नति गरिएपछि यहाँका गाउँहरुमा आउजाउ गर्न समस्या छैन । कच्ची सडकलाई स्तरोन्नती गरेर ग्राभेल गर्ने र ग्राभेल भइसकेका सडकहरु पक्की बनाइएको छ । केही सडकहरु कालोपत्रेसमेत गरिएका छन् । जनप्रतिनिधिको सक्रियता र मेहेनत तथा प्रयासले केन्द्र, प्रदेश र र स्थानीय तहको सहकार्यमा यस वडाभित्रका गाउँ बस्तीहरु सडक सञ्जालले जोडिएको वडाध्यक्ष थारु बताउँछन् । स्थानीय तहको निर्वाचन भएसँगै यस वडापालिकाले प्रत्येक टोलमा सडक सञ्जाल बिस्तार गरिसकेको छ ।

‘वडाका सबै टोलमा सडक सञ्जाल बिस्तार गरिसकेका छौं,’ राप्तीसोनारी गाउँपालिका–४ का वडाध्यक्ष कान्छा थारुले भने । जनप्रतिनिधिविहिन हुँदासम्म समस्यै समस्यारुपमा रहेको यो वडा अहिले परिवर्तन हुँदै गएको छ । जनप्रतिनिधि आइसकेपछि विकास निर्माणका कामहरु द्रुत गतिमा सञ्चालन भइरहेका छन् । यहाँका आली बाटाहरु ग्राभेल सडकमा रुपान्तरण भएका छन् । ग्राभेल सडकहरु पिसिसी गरिएका छन् भने मुख्यरुपमा वडालाई राजमार्गसँग जोड्ने ग्राभेल सडकहरु कालोपत्रे गरिएका छन् । पहिले पानी, हिलो भरिएर हिँड्नसमेत नसकिने सडकहरु अहिले उक्त समस्याबाट मुक्त भएका छन् ।

मुख्य सकडबाहेक सबै बाटोहरुमा साना गाडीहरु सहजै गुड्न सक्ने भएका छन् । यसले वडाको अन्य क्षेत्रको विकासमा समेत सहयोग पुर्याएको छ थारुले भने । वडा कार्यालयका अनुसार यहाँ सबै सडकहरुको स्तरोन्नती गरिएको छ । जनप्रतिनिधि आएको चार वर्षको समय सकिँदासम्म सबै अप्ठ्यारा सडकहरु सहज भएका छन् । वडाध्यक्ष थारुले वडाको विकासलाई सहज बनाउन सबैभन्दा मुख्य सडकहरुलाई स्तरोन्नती गरेको बताए । वडाभित्रका सडकहरुको स्तरोन्नतीसँगै वडाका नागरिकलाई गाउँमै अन्य पेशा व्यवसाय गर्न सहज भएको पनि उनले बताए ।

‘बाटोहरु राम्रो बनेपछि अन्य कुराहरु सञ्चालन गर्न सजिलो हुन्छ,’ वडाध्यक्ष थारुले भने, ‘पहिलो चरणमा बाटोहरुको स्तरोन्नती गरियो, त्यसपछि अन्य कुराहरुलाई हामीले बिस्तारै अघि बढाइरहेका छौं । सडक नै विकासको मेरुदण्डका रुपमा रहेको पाइन्छ ।’ यस वडामा रहेका सबै टोल गाउँका सडकहरुको स्तरोन्नती भएको छ । वडामा शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी, सिँचाई, कृषि लगायतलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेका अध्यक्ष थारु बताउछन् । गाउँपालिका, प्रदेश र संघमार्फत बिभिन्न गतिविधिहरु समेत सञ्चालन भए पनि वडास्तरबाट करिब ३ किलोमिटर कालोपत्रे भएको छ भने सबै टोलमा २५ किलोमिटर सडक ग्राभेल गरिएको छ ।

वडाध्यक्ष थारुका अनुसार सडक निर्माणसँगै मठमन्दिर, सिँचाई पानीको निकासको समेत व्यवस्थापन कार्य गरिएको छ । उनका अनुसार २ किलोमिटर पक्की नाला निर्माण गरिएको छ भने वडामा ४ किलोमिटर नयाँ ट्रयाक खोलिएको छ । वडाध्यक्ष थारुले यहाँका सम्पूर्ण सडकहरुको स्तरोन्नती गर्ने योजना अनुसार नै पहिलो चरणमा धेरैजसो गाउँमा सडकहरु स्तरोन्नती गरिएको बताए ।

‘हामीले कतिपय ठाउँमा सांघुरो रहेको बाटोहरु फराकिला बनाएका छौं,’ वडाध्यक्ष थारुले भने, स्थानीय स्रोत र साधनको उपलब्धता अनुसार काम गर्दै गर्दा केही ठाउँमा थोरै कामहरु गर्न बाँकी रहेको उनले बताए ।स्थानीय वडामार्फत सबै कामहरु एकैपटक गर्न सजिलो नहुने भएकाले केही ठाउँमा थोरै काम गर्न छुटेको वडाध्यक्ष थारुले स्पष्ट पारे । ‘आफ्नै गाउँ ठाउँलाई राम्रो बनाउने सोंच कसको हुँदैन र ?’ उनले भने, ‘तर वडाको बजेट न्युन हुन्छ, सबै कुरा एकैचोटी पुरा गर्न पनि पुग्दैन, त्यसकारण केही ठाउँमा केही काम बाँकी हुन पुगेको छ ।

’ नागरिकको सहजताका लागि वडाभित्रका सबै सडकको स्तरोन्नती गर्ने लक्ष्यअनुसार अघि बढेकाले चार बर्षको अवधिमा वडा फेरिएको छ भने सडकको स्तरोन्नतीसँगै यस वडाका नागरिकहरुको जनजीवनसँगै दैनिकीसमेत फेरिएको छ ।

प्रतिक्रिया