कोभिडको संक्रमण अझै सकिएको छैन – स्वास्थ्य शाखा प्रमुख पौडेल

नेपालगन्ज : कोभिड १९ आपतकालीन प्रतिकार्य नेपाल कार्यक्रम अन्तर्गत बाँकेको खजुरामा कोभिड खोप अभियान सम्बन्धी अन्तर्क्रिया गरिएको छ। जन जागरण समाज खजुराको आयोजना तथा स्वास्थ्य शाखा खजुरा सँगको समन्वय र सहकर्मी समाजको सहजीकरणमा अन्तर्क्रिया। गरिएको थियो । अन्तर्क्रिया कार्यक्रममा बोल्दै खजुरा स्वास्थ शाखाका प्रमुख सुदिप पौडेलले कोभिडको संक्रमण अझै नसकिएको बताउनु भएको छ ।

कोभिड खोप लगाइहाले पनि संक्रमण हुन् सक्ने हुँदा सचेत रहन आग्रह गर्नुभयो । पालिकामा रहेका मधेशी मुस्लिम समुदायमा अझै पनि भ्याक्सिन लगाउन समस्या आउने गरेको उहाँले बताउनु भयो । पहिले भन्दा अहिले केही बुझेकाले मधेशी तथा मुस्लिम समुदायले समेत भ्याक्सिन लगाउने क्रम जारी रहेको बताउनुभयो ।

पहिले कोभिड १९ को भ्याक्सिन लगाउन कोभिड लागेको ६ महिना कुर्न पर्ने हुन्थ्यो भने अहिले ३ महिनामै लगाउन मिल्ने भएकाले सबैलाई भ्याक्सिन लगाउन आग्रह गर्नुभयो । अहिले पालिकामा भ्याक्सिनको अभाव नभएकाले समयमै भ्याक्सिन लगाउन अनुरोध गर्नुभयो । खजुराका हरेक वडामा सचेतिकरण अभियान समेत स्वास्थ्य स्वयं सेबिका मार्फत सञ्चालन गरिरहेको पौडेलले जानकारी दिनुभयो।

सहकर्मी समाजका कार्यकारी निर्देशक अमर बहादुर ऐरले कोभिडको संक्रमण नसकिएको भन्दै हरेक नागरिक सचेत हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । सहभागीहरुले कोभिडको खोप लगाउन आवश्यक नागरिकता तथा जन्म दर्ता अनिवार्य नगर्न अनुरोध गरेका छन् । खजुरामा कुनै कागज देखाउन नपर्ने गरी सेवा प्रदान गरिरहेको स्वास्थ्य शाखाका प्रमुख पौडेलले जनाउनु भयो । जन जागरण समाजका अध्यक्ष राज कुमार बर्माको अध्यक्षतामा भएको अन्तर्क्रियामा समाजका कार्यकारी व्यवस्थापक राम बहादुर पुनले कार्यक्रमको बारेका प्रकाश पार्नुभएको थियो । अन्तर्क्रियामा ६० बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया