
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीको वैकल्पिक बाटो पहिल्याउन सकिन्छ । मिहिनेतले प्रशस्त फाइदा दिलाउने समय हो, कुनै काम रोकिएको छ भने दोहोर्याएर प्रयास गर्नुहोस्, सफलता पाउन सकिन्छ । चिताएका काम सम्पादन हुनेछन्, हाकिम वा जानकार व्यक्तिको सहयोग र सहानुभूति प्राप्त हुनेछ । आजको दिन सेवाग्राहीलाई प्रभावित पारेर सम्मान पाउने समय हो । विगतका कुनै चिन्ता र विवादका बारेमा नघोरिनु होला, अब नयाँ ढंगले व्यवहार गर्न सकेमा मात्र प्रेमभाव प्रगाढ बन्नेछ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ चन्द्रघण्टायै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
भ्रमण, पर्यटन वा यात्राको योजना तैयार गर्ने वा लामो दूरीको यात्रामा निस्कने समय हो । आज खेलकूद र मनोरञ्जन पनि प्रिय विषय बन्नसक्छन् । आर्थिक क्रियाकलापमा निकै सतर्कता अपनाउनु पर्ने समय छ । अझ नयाँ लगानी वा लेनदेन हो भने सोचेर कदम चाल्नु ठीक हुन्छ । बटुवा, गल्ला र सेफको सुरक्षामा ध्यान दिने समय हो । पारिवारिक जीवन ठीकै रहने छ, तर धनमालको नोक्सानी हुने दिन भएकाले तालसाँचो र राखनधरनमा सतर्कता अपनाउनुपर्ने हुन्छ । आजको भाग्यबल १५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नम: पशुपतये न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज गरेको परिश्रम र अध्ययनप्रतिको समर्पण भावले तपाईंको भावी जीवन र भविष्य निर्धारण हुने लक्षण छ । नजान्ने वा कमजोर छ भन्ने ठानेर कसैको पनि अर्ती र सुझावलाई बेवास्ता गर्नु हुँदैन । कसैलाई पनि केवल आश्वासनमात्र नदिनुहोला, सक्नुहुन्न भने स्पष्टसँग म सक्दिन भन्न सक्नुपर्छ । अलि बढी दौडधूप गर्नुपरे पनि सम्भावनाका बाटाहरू पहिल्याउन सकिने समय छ । बुद्धिको उपयोगले सेवाग्राहीलाई सन्तुष्ट बनाउन सक्नुहुन्छ । आजको भाग्यबल २५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शशिशेखराय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कुनै कामका लागि टाढा जानुपर्ने बाध्यता हुनेछ, यद्यपि एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । बौद्धिक क्रियालाप र आध्यात्मिक पक्षमा आकर्षण देखापर्नसक्छ । प्राविधिक विषयवस्तु र आधुनिकतम ज्ञानका क्षेत्रमा सक्रियता जनाउने समय छ । कर्तव्यप्रति सचेत हुने तथा जिम्मेबारी बोध हुने राम्रो दिन छ । श्रम अलि बढी गर्नु परे पनि बेफाइदा नै त हुँदैन, तर पनि पारिवारिक सम्बन्धमा भने निरसता देखिन सक्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
समाज र छरछिमेकका काम गर्दा मानसम्मान पाइएला, तर घरपरिवारमा समय दिन नपाउनाले ठास्सठुस्स बढ्ने समय हो । परिश्रम र मिहिनेत गरेअनुरूप भाग्यबृद्धि गर्ने दिन हो, कुनै नजानेको जटिल समस्या छ भने प्रयास गर्नुहोला । आजको कामले भविष्य सुध्रनुका साथै ठोस आम्दानी समेत हासिल हुनेछ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धी प्रदान गर्नेछ, जुनसुकै काममा शुभचिन्तकहरूको साथ पाउने दिन हो । आजको भाग्यबल ५५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
परीक्षा र प्रतिस्पर्द्धामा सामेल हुने हो भने गोपनीयतामा जोड दिनु होला, अनि एक्लै वा एकान्तमा बसेर तैयारी गरेको राम्रो हुन्छ । उन्नत भविष्यको चाहना छ भने आफ्नो काम र लक्ष्यप्रति विश्वस्त हुनुपर्छ, अनि दुराशा र महत्त्वाकाङ्क्षा राख्नाले केवल निराशामात्र बढ्ने गर्दछ, त्यसैले अहिले तपाईंले कसैको चित्त दुखाएर प्रतिष्ठा प्राप्त गर्ने कोशिस गर्नुहुँदैन । अस्वस्थताका बीचमा कामको चाप बढ्ने दिन हो । आफ्ना कमजोरीको फाइदा अरुले उठाउन सक्छन्, परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अन्तकाय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
घरायसी सुखको आकाङ्क्षा बढ्ने समय हो । मन भावुक र प्रेमिल बन्ने वातावरण छ । समय निकालेर घरपरिवारमा सम्पर्क गर्नु र खैखबर बुझ्नु राम्रो हुन्छ । कलात्मक कार्य (अभिनय, गायन , वादन , नृत्य, भिडियो वा चलचित्रसम्बद्ध काम, डेकोरेशन, ड्रेस डिजाइनिङ) जस्ता काम अथवा मनोरञ्जनका सामाग्री र वैवाहिक परामर्शको व्यवसाय छ भने विशेष लाभ पाउने दिन हो । जीवनसाथीले भावना र इच्छाको कदर गर्ने समय छ, प्रयास गरेमा तनाव र बोझ कम गर्न सकिन्छ । कुनै मन पिरोल्ने समस्यालाई हल गर्न सक्नुहुन्छ । आजको भाग्यबल ८५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
चिन्तनमननमा निर्लिप्त हुने परिस्थिति देखिन्छ, काम विशेषले कुनै गर्जो टार्न ऋण काढ्नुपर्ने वा सरसापटीबाट काम चलाउनुपर्ने हुन्छ । कमजोरीलाई माध्यम बनाएर शत्रु हाबी हुने समय छ, विश्वासिलो साथी वा सहयोगी कर्मचारीले नै समस्या बल्झाउन सक्छन्, सचेत हुनुपर्छ । स्वास्थ्यस्थितिमा देखिएको कमजोरीले प्रेमसम्बन्ध र रोमान्टिक जीवन प्रभावित बन्ने समय छ, परिस्थिति विपरीत भए पनि आत्मबल कायम राख्दा विभिन्न अवसर भने प्राप्त हुने दिन छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ऋणहर्त्रे भौमाय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आफैंले कुनै प्राविधिक वा सीपमूलक ज्ञान प्राप्त गरेर लाभान्वित बन्ने समय छ, उता घरमा छोराछोरी वा भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्नेछ । आफ्नो कल्पना र भावना साकार हुने दिन हो । आज पार्टनरसमक्ष आफ्ना कुरा थोपर्नेमात्र होइन, उसका कुरा सुनेमा पनि सन्तुष्टि हुनेछ । कल्पना र भावनालाई व्यवहारमा उतार्न र प्रस्फूटन गर्ने राम्रो समय छ । आज कुनै पुस्तकविशेष वा लेखरचना प्रतिको आकर्षण समेत देख्न पाइने छ । आजको भाग्यबल ६५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुमुदप्रियायै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
घरजग्गा, रियलस्टेट, सेयर कारोबार वा कुनै अचल सम्पत्तिको कारोबारमा लगानी गर्ने समय हो, साथै बन्दव्यापारको विकास र विस्तारमा पनि धनव्यय हुनेछ । कामधन्दामा एक्लै खट्नुपर्ने दिन हो । आशा देखाउनेहरूले पनि सहयोग गर्ने परिस्थिति बन्दैन, अत: व्यस्त रहँदारहँदै दिन बितेको पत्तो पाइने छैन । पारिवारिक रमझममा भुलिंदा पढाइ बिथोलिन सक्छ, तर कुनै पाठमा कमजोरी देखिएमा सहपाठी साथीहरू वा शिक्षकको सहयोग लिनु जाति हुन्छ । आजको भाग्यबल २५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कठोर परिश्रम र कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै सानो प्रयासले रोकिएको आर्थिक स्रोतले गति समात्ने दिन हो । साथीभाइ र इष्टमित्रसँग हाँसखेल र कुराकानी गर्ने दिन हो । रामरमाइलोमा दिन बित्नेछ । कुनै सामाजिक वा परोपकारी काममा दिलचस्पी जाग्नेछ । कुनै विद्वान् व्यक्तिका साथमा निकटता बढ्ने समय हो, नजानेको कुनै कुरा छ भने दाजु/दिदी वा गुरु/गुरुआमाको सहायता लिंदा लाभ पाइने छ । आजको भाग्यबल ६५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भालचन्द्राय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सुरुमा कठोर शब्द र खरो बोलीका कारण सेवाग्राही र जुनियर स्टाफ रुष्ट हुनसक्ने समय हो, तर पछि सहकर्मीको साथ पाउनाले कुनै जटिल समस्यासमेत हल गर्न सकिने छ । व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने समय हो, आर्थिक पक्ष कमजोर भएमा पार्टनरको सहायता लिन सकिने छ । बोलीमा सामर्थ्य भएको दिन हो । कलात्मक कुरा गरेर कुनै काम बनाउन सक्नुहुन्छ । आँखाको सङ्केत र हाउभाउद्वारा पनि व्यवहार गर्ने परिस्थिति बन्नसक्छ । आजको भाग्यबल ४० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ श्रां श्रीं श्रौं स: चन्द्राय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।