बाँकेको राप्ति नदिमा आजदेखी ¥याफ्टिङ तालिम सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारले पर्यटन प्रवद्धन गर्नुका साथै रोजगारी दिने उदेश्यले बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरियादेखि अगैयासम्म राप्ती नदीमा ¥याफ्टिङ तालिम सुरु गरेको हो । पर्यटन डिभिजन कार्यालय बाँके र राप्ती सोनारी गाउँपालिकासँगको सहकार्यमा तालिम सुरु भएको हो । जसअन्र्तगत लुम्बिनी प्रदेशका १२ जिल्लाका २५ जनालाई तालिम दिन लागीएकापर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख माधव ज्ञवालीले जानकारी दिए । गतवर्ष स्थापना भएको प्रदेश पर्यटन मन्त्रालयले यसवर्ष २० लाखको बजेटमा यो कार्यक्रम सन्चालन गर्न लागेको उनले बताए ।
‘थारु, बोटे लगायतका न्युन आयस्तर भएका जातीको छनौट गरी उनीहरुको आयस्तर वृद्धि गर्नुका साथै आन्र्तरीक तथा वाह्य पर्यटनको विकास गर्न प्रदेश सरकारले पहिलो पटक यो कार्यक्रम सन्चालन गरेको हो’ ज्ञवालीले भने – ‘करीब १ महिने तालिमपछि ६ जिल्लामा ¥याफ्टिङ कार्यक्रम सन्चालन हुनेछ ।’
उनका अनुसार, तालिममा बाँकेको कुसुम अगैयामा ¥याफ्टिङ सन्चालन गर्नका लागि ७ जना, राप्ति नदि दांगका लागि ३, पुरन्धारा पश्चिम बबई गाँउपालिकाका लागि ३, माण्डवि गाँउपालिका प्युठानका लागि ३, पुर्वी रुकुमका ३ गरी करीब २५ जनालाई एक महिने तालिम दिन लागीएको हो । तालिम पश्चात यी ६ स्थानमा ¥याफ्टिङ सन्चालन हुने छ । ¥याफ्टिङ सन्चालनका लागि एक महिना अघि सम्भाव्यता अध्ययन गरीएको थियो । उक्त अध्ययनमा यी ६ स्थानमा करी ८ महिना ¥याफ्टिङ व्यवसाय सन्चालनको सम्भावना देखीएपछि सरकारले तालिम दिन सुरु गरेको हो ।
काठमान्डौ, धादिंग, त्रिशुली लगायतका नदिमा ¥याफ्टिङ सन्चालन गरीरहेका ८ जना प्रशिक्षकले तालिम दिनेछन् ।
तालिमको आज शुक्रबार उद्घाटन गरीएको छ । लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले तालिमको उद्घाटन गर्दै विदेशमा यस्ता कार्यक्रम धेरै देखीने भएपनि यस क्षेत्रमा ¥याफ्टिङको सम्भावना देखीएकाले सुरु गरीएको बताए । यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्न ¥याफ्टिङ सन्चालनको तालिम सुरु गरिएको मन्त्री चौधरीले बताए । ¥याफ्टिङको दुरी बाँकेमा कुसुम बैरियादेखि अगैयासम्म करीब २७ किलोमिटर रहेको छ ।
उदघाटनसँगै मन्त्री चौधरी, राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख माधव ज्ञवाली, प्रदेश योजना आयोगका सदस्य डा.दामोदर भुसाल, पर्यटनकर्मी गेहेन्द्रकुमार खड्का लगायतले ¥याफ्टिङ गरेका थिए ।