खजुराका पाँच बालक सम्पर्क विहिन

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका स्थित ज्ञानोदय नमुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थिहरु सम्पर्क विहिन भएका छन । ज्ञानोदयमा कक्षा ८ मा अध्ययन गर्ने ४ जना र कक्षा ६ अध्ययन गर्दै गर्दा विचमै पढाई छाडेका अर्का एक बालक पनि बुधबार देखि सम्पर्कमा छैनन ।

बालकहरु हराएपछि उनका अभिभावकहरु खोजिका लागि विभिन्न निकायमा धाइरहेका छन । सम्पर्क विहिन अवस्थामा रहेका बालकहरु बुधबार दिउँसो नमुनाह गाउँको चोरी बाटो हुदै भारत जादै गर्दा विओपि जमुनाहका ससस्त्र प्रहरीका सई अर्जुन कार्किले फेला पारि सोधपुछ गर्दा घरका परिवारले रुपैडिहामा सामान लिन पठाएको ति बालकहरुले जवाफ दिएका थिए ।

दिउँसो करिब ३ बजेतिर भारततिर जान लागेका उनिहरुको आफन्तलाई फोन गर्दा घरतिर फर्काइदिन अनुरोध गरेपछि भारततिर जान नदिई ति ससस्त्र प्रहरीका सई कार्किले घरतिर फर्काइदिएका थिए । बालकहरुको अन्य साथिहरुले ति बालकहरु भारतको कलकत्ता जान भनि हिडेको जानकारीमा आएको भएपनि हालसम्म सम्पर्क विहिन अवस्थामा हुदाँ परिवारजनमा चिन्ता बढेको छ ।

ज्ञानोदयका शिक्षक सरण सापकोटाका अनुसार हाल वेपत्ता अवस्थामा रहेका ति बालकहरु ३,४ दिन देखि कक्षामा अनियमित रहेका थिए । विद्यालय आउने गरेपनि पढाई विचमै छाडेर जानेको गरेको शिक्षक सापकोटाले जानकारी दिए । बेपत्ता हुनेमा खजुरा बजार र सिमलघारी क्षेत्रका बालकहरु छन ।

कक्षा ८ मा पढ्ने तेजेन्द्र शाहि, दिपक दमाई, आयुस खड्का, सुदिप दमाई रहेका छन भने कक्षा ६ मा पढाई छाडेका पवन गुरुङ रहेका छन । बालकहरु ११ वर्षदेखि १३,१४ वर्ष सम्मको रहेको ज्ञानोदय विद्यालयले जनाएको छ । साथिको लहलहैमा लागेर भारततिर काम गर्न गएको हुन सक्ने अनुमान परिवार पक्षले गरेको छ ।

प्रतिक्रिया