Breaking News
खजुरामा एकोस म्युजिक पसल सञ्चालनमा

खजुरा : बाँकेको खजुरा बजारमा एकोस म्युजिक पसल सञ्चालनमा  आएको छ । खजुराका युवा संगीतकार कल्याणराज श्रेष्ठले संगीतका पारखीहरुका लागि एकोस म्युजिक सञ्चालनमा ल्याएका हुन् । नेपालमै गुणस्तरिय संगीतका सामाग्री सस्तो मूल्यमा उपलब्ध गराउने गरी खजुरामा सञ्चालनमा ल्याइएको संचालक श्रेष्ठले जानकारी दिए ।

पसलमा अन्तर्राष्ट्रिय स्तरका गितार, प्यानो, ड्रम, स्पिकर, मिक्सर, मादल, हार्मुनियम लगायतका सम्पूर्ण संगीतका सामाग्री उपलब्ध हुने उनले जनाए । २५ लाखको  लगानीमा सुरु गरिएको व्यवसाय बिस्तारै बढाउँदै लैजाने संचालक श्रेष्ठले बताए ।

खजुरामा स्तरीय सामग्री उपलब्ध गराउन पसल सञ्चालनमा ल्याएको श्रेष्ठले जनाए । एकोस म्युजिक पसलको कल्याणराजका बुवा शिबराज श्रेष्ठले रिबन काटेर गरेका थिए । 

प्रतिक्रिया