
काठमाडौं । सन् २००४ देखि २०२४ सम्म गरिएका अध्ययनहरूमा १८ देशका १२ विभिन्न प्रकारका बिरालाहरू (बाघहरू समेत) मा बर्ड फ्लूका ६०७ संक्रमण देखिएका छन्, जसमा ३०२ बिरालाको मृत्यु भएको छ ।
बर्ड फ्लू (एच ५ एन १) तीव्र गतिमा मानव महामारीमा परिणत हुने सम्भावना रहेको नयाँ अध्ययनले चेतावनी दिएको छ ।
उक्त अध्ययनले बिरालाहरूमा बर्ड फ्लूको संक्रमणको अवस्था विश्लेषण गर्दै त्यो मानिसहरूमा सर्ने जोखिम रहेकाले तत्काल निगरानी आवश्यक रहेकोमा जोड दिएको छ ।
यस सम्बन्धी अध्ययन अमेरिकाको युनिभर्सिटी अफ मेरील्यान्ड स्कूल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताहरूले गरेका हुन् । अध्ययनको निष्कर्ष सन् २०२५ को मे ७ मा इन्फेक्सियस डिजिज नामक पत्रिकामा प्रकाशित छ ।