महिला खेलाडी उत्पादन गर्दै न्यू डाँफे

खजुरा : बाँकेको खजुरा ४ डि गाउँमा रहेको न्यू डाँफे स्पोर्ट्स क्लबले महिला खेलाडी उत्पादन गर्ने भएको छ । नेपालमा महिला फुटबल खेलाडीको सम्भावना उच्च रहेकाले पनि खजुराका महिला फुटबल खेलाडीलाई प्रोत्साहन गर्न न्यू डाँफेले फुटबल प्रशिक्षण सुरु गरेको हो ।

फुटबल प्रशिक्षणको सुरुवात गर्दै न्यू डाँफेका अध्यक्ष तिलकवीर सुनारले केही समयभित्रै महिला फुटबल प्रतियोगिताको आयोजना समेत गरिने जानकारी दिए । क्लब स्तरीय महिला फुटबल प्रतियोगिता गर्ने गरी तयारीलाई तिब्रता दिईने अध्यक्ष सुनारले जनाएका छन् ।

बाँके जिल्लाकै जेठो क्लब मध्यको एक न्यू डाँफे स्पोर्ट्स क्लबले दशौं डाँफे कप सम्पन्न गरिसकेको छ । आगामी आर्थिक वर्षमा खजुरा गोल्डकप प्रतियोगिता सञ्चालन गर्ने गरी आन्तरिक तयारी समेत गरिरहेको क्लबले नयाँ खेलाडी उत्पादन लाई तीव्रता दिएको छ ।

क्लबले हरेक दिन बिहान र साँझ खेलाडीहरूलाई प्रशिक्षण दिने काम गरिरहेको क्लबका सचिव बालाराम खत्रीले जानकारी दिए । खेलाडीहरूलाई बल हस्तान्तरण गर्दै क्लबका अध्यक्ष सुनारले स्थानीय सरकारले खेलप्रति चासो नदिएको भन्दै गुनासो गरे ।

स्थानिय सरकारले फुटबल खेलमा लगानी गर्न चासो नदिँदा खजुरा पछि परेको अध्यक्ष सुनारले बताए । खजुरा -४ डि गाउँमा रहेको मिनी रंगशालामा दैनिक जसो खेल प्रशिक्षण भइरहेको छ ।

प्रतिक्रिया

https://www.youtube.com/watch?v=DWKcoXcaE6o