
नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ मा रहेको नागरिक आरोग्य सेवा केन्द्रले निशुल्क रुपमा आफ्ना सेवा नागरिकहरुलाई प्रदान गर्दै आएको छ । नागरिकलाई छिटो छरितो तथा गुणस्तरीय सेवा दिदै आएको आरोग्य केन्द्रले दर्ता देखि औषधि सम्म निशुल्क प्रदान गर्दै आएको नागरिक आरोग्य सेवा केन्द्र खजुराका प्रमुख किरण खनालले जानकारी दिए ।
केन्द्रले महिनामा ४ सय देखि ५ सय सम्मलाई सेवा प्रदान गर्दै आएको छ । खजुरामा आयुर्वेद तर्फको सेवा लिने संख्यामा बढ्दै गएकोले सोहि अनुसार सेवा दिने गरिएको केन्द्रका प्रमुख खनालले जनाए । खजुरामा गत माघ २१ देखि सुरु गरिएको केन्द्रमा १९ सय जनाले सेवा लिइसकेका छन । २२३ जना कोभिडका विरामि लाई समेत आरोग्य केन्द्रले सेवा दिएको थियो । चालु आर्थिक वर्षमा भने आयुर्वेत सेवा लिने धेरै बढेको पाइएको छ । ३ हजार ६ सय ३६ बढिले सेवा चालु आर्थिक वर्षमा लिइसकेका छन ।

सेवा केन्द्रले जेष्ठ नागरिक स्वास्थ्य प्रर्वद्धन, स्वास्थ्य शिविर, ६ महिना भित्रका सुत्केरी महिलाहरुलाई दुग्ध वद्र्धक औषधि १४५ जनालाई वितरण समेत गरिएको जनाएको छ । नागरिक आरोग्य सेवा केन्द्रले विद्यालय आयुर्वेद तथा यौन शिक्षा कार्यक्रम पनि सुरु गरेको छ । खजुराका ५ विद्यालयमा उक्त कार्यक्रम संचालन भैरहेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए । अध्यक्ष कक्षपतिले स्थानिय स्तरमा पाईने जडिबुटी र योगाका बारेमा विद्यार्थिहरुलाई शिक्षा दिइने उल्लेख गरे ।
खजुरा गाउँपालिकाले आरोग्य केन्द्र मार्फत गरिने शिविर लगाएतका कार्यमा सहयोग सहकार्य गर्ने गरिएको अध्यष कक्षपतिले जनाए । नागरिक आरोग्य सेवा केन्द्र खजुरामा ३५ प्रकारका रोगलाई काम गर्ने ५५ प्रकारका आयुर्वेदिक औषधिहरु उपलब्ध गराइएको केन्द्रले जनाएको छ ।