लुम्बिनी प्रदेशको किसान कल सेन्टर संचालनमा समस्या

खगेन्द्र दाहाल, नेपालगन्ज : लुम्बिनी प्रदेश सरकारको कृषि,खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय अन्तरर्गत संचालनमा आएको किसान कल सेन्टर अलपत्र अवस्थामा छ । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ४ खजुरामा अवस्थित रहेको कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रले गत आर्थिक वर्ष देखि संचालनमा ल्याएको किसान कल सेन्टर अहिले बन्द अवस्थामा छ ।

किसानलाई कृषि सम्बन्धि समस्या सहजै समाधान गर्न सकियोग भन्ने उदेश्यले सुर गरिएको किसान कल सेन्टर प्रभावकारीता नखिएको पाइएको हो । गत आर्थिक वर्षमा हस्ताको तिन दिन संचालन गर्ने गरिएको किसान कल सेन्टरमा झण्डै १ सयको हारहारिमा किसानको फोन आएको तालिम केन्द्रका सुचना अधिकारी तथा कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले जानकारी दिए । गत वर्ष ५ लाख बजेट प्रदेश सरकारले किसान कल सेन्टर संचालनका लागि छुट्टाएको थियो । चालु आर्थिक वर्षका लागि बजेट बढाएर १५ लाख पुगाएपनि संचालन हुन भने सकेको छैन । कार्यविधि परिमार्जनले गर्दा कल सेन्टर संचालनमा समस्या आएको तालिम केन्द्रका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

किसान कल सेन्टरलाई व्यवस्थित गरि संचालन गर्ने योजना तालिम केन्द्रले बनाएपनि उक्त काम सुचारु न्गर्दा लिएको उपलव्धी पुरा हुन सकेको छैन । तालिम केन्द्रमा रहेको पुरानो कोठालाई मर्मत गरेर मात्र संचालनमा ल्याउने कार्यालयको योजना रहेको भएपनि हाल सम्म सामान्य रुपमा भएपनि संचालन गर्न नसक्दा किसान कल सेन्टरलाई प्राथमिकता नदिएको देखिएको किसानहरु बताउँछन । किसान कल सेन्टरका लागि आवश्यक कर्मचारी नियुक्त गर्न सकेको छैन । साथै आवश्यक उपकरण समेत खरिद नगरिदिदाँ सेवा बाट किसानहरु बन्चित हुन परेको अवस्था छ ।

किसान कल सेन्टर संचालन गर्नका लागी आवश्यक प्रसार प्रचार हुन नसकेकाले पनि यसको जानकारी किसानमाझमा पुग्न सकिरहेको छैन खजुराका अगुवा किसान गेहेन्द्र धितालले बताए । तालिम केन्द्रका अर्का कृषि प्रसार अधिकृत विवेक पन्तले किसान कल सेन्टरलाई व्यवस्थित बनाउन प्रक्रिया सुरु गरिसकेको जानकारी दिएका छन । बैशाख सम्ममा किसान कल सेन्टर संचालनमा आउने जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया