चैत्र ९ मा दशौं डाँफे कप फुटबल, विजेतालाई १ लाख ५५ हजार

नेपालगन्ज : बाँकेको खजुरा स्थीत न्यू डाँफे स्पोर्टस् क्लबले दशौं डाँफे कप नकआउट फुटबल प्रतियोगिता गर्ने भएको छ । क्लबले शनिबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता गर्ने जानकारी दिएको हो ।

क्लबका अध्यक्ष हरि प्रकाश विक(पप्पु)का अनुसार चैत्र ९ गतेदेखि प्रतियोगिता सुरु हुनेछ । दशौं डाँफे कप नकआउट फुटबल प्रतियोगिताको विजेता टिमले १ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उप विजेता टिमले ८० हजार रुपैया नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

प्रतियोगिताको आन्तरिक तयारीहरु तिव्र रुपमा चलिरहेको न्यू डाँफे स्पोर्टस् क्लबका उपाध्यक्ष नारायण खनालले जनाए । बाँके जिल्लाकै एक महत्वपुर्ण मानिने खेल मैदान (मिनि रंगशाला) खजुरा गाउँपालिकाको वडा नम्बर ४ डिगाँउमा सम्पुर्ण खेलहरुहुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

https://www.youtube.com/watch?v=DWKcoXcaE6o