खजुरामा आगलागी हुदाँ रोकायाको घरगोठ जल्यो

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका ४ स्थित डि गाउँ थपलटमा आज दिउँसो आगलागी भएको छ । दिनको अन्दाजी ३ बजेतिर लागेको आयोले स्थानीय लाल बहादुर रोकायाको घर गोठ जलेर नष्ट भएको छ ।

मानवीय क्षेति नभएपनि रोकायाको सर्वच्च यही घर गोठ थियो । माटोको दिवाल टाइलले छाएको घर र खरले छाएको गोठ पुन प्रयोग गर्न नमिल्ने गरी नष्ट भएको छ । घरमा भएका आवश्यक कागजपत्र देखि खाध्यान लत्ता कपडा सबै आगलागीमा पनि जलेका छन् । घरमा कसरी आगलागि कसरी भयो भन्ने कुरा पत्ता लाग्न भने सकेको छैन । खेतमा मसुरो काट्न गएका बेला एक्कासी आगलागी भएको थाहा पाएको रोकायाले बताउनु भयो ।

आगलागी पछि गाउँले आएर आगो निभाउन खोजेपनि सम्भब नहुँदा नेपालगन्ज उप महानगरपालिकाको दमकल बोलाइएको थियो । दमकल आइपुग्दा घर आधा भन्दा धेरै जलिसकेको नागरिक आरोग्य केन्द्रका कर्मचारी समेत रहेका पीडित लाल बहादुर रोकायका बुहारी सविना केसी रोकायले जानकारी दिनुभयो ।

अन्दाजी १० लाख बढीको नोक्सान भएको इलाका प्रहरी कार्यालय धनौली खजुराले जनाएको छ । रोकायाको थप घर जल्न नदिन प्रहरी र स्थानीय बासिन्दा आगो निभाउन जुटेका थिए । आगलागीबाट बे घर बनेका रोकायाको परिवारलाई अबका दिन कहाँ बास बस्ने भन्ने चिन्ता थपिएको छ । गर्मी मौसम सुरु भएसँगै आगलागीका घटना बढ्दै जाने गर्दछ ।

आगलागीका केहि तस्बिरहरु

प्रतिक्रिया

https://www.youtube.com/watch?v=DWKcoXcaE6o