खजुरामा निरन्तर स्वास्थ्य शिविर

खजुरा : बाँकेको खजुरामा यो महिनाभर निरन्तर विभिन्न स्वास्थ्य शिविर सन्चालन गरिएका छन । विशेषगरी नसर्ने रोगका बारेमा यो महिना शिविरहरु सन्चालन गरिएको स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख लक्ष्मी ओली केसीले जानकारी दिइन । हिजो आज चलिरहेको शिविरमा रगतमा चिनिको मात्रा परिक्षण, मिर्गौला सम्बन्धी रोगको जाँच, उचाई र तौलको आधारमा मापन बिएमआई मापन, स्वास्थ्य परामर्श तथा स्वस्थ जीवनशैली सम्बन्धी परामर्श, रक्तचाप मापन लगाएतका परिक्षण गरिएको शाखा प्रमुख केसीले बताइन ।

बिहिबार खजुरा गाउँपालिका वडा नम्बर ७ सोनपुरमा भएको शिविरको उद्घाटन गर्दै पालिका अध्यक्ष डम्बर बहादुर बिकले नसर्ने रोगका कारण पालिकामा धेरै पिडित बनेको भन्दै शिविरको माध्यमबाट बेलैमा उपचार र रोकथामको उपाय अपनाउन सकिने बताए । शिविर जनताको पक्षमा र जनतालाई स्वस्थ्य बनाउने अभियानमा रहेको अध्यक्ष बिकले जानकारी दिए । अहिले चलिरहेको शिविर खजुराका मानव बचाउ अभियान कार्यक्रम भएको सामाजिक विकास संयोजक कृष्णा पोखरेल बिकले बताइन । दिन प्रतिदिन क्यान्सर, मिर्गौला, प्रेसर लगाएतका जटिल बिरामी बढ्दै गइरहेको अवस्थामा शिविर बिरामी पहिचान गर्ने र उपचारका लागी पैरबी गर्ने राम्रो माध्यम बन्ने सामाजिक विकास संयोजक पोखरेलले जनाइन ।

भेरी अस्पताल नेपालगन्जमा कार्यरत बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. उर्मिला पराजुलीले रोग लाग्न सुरुहुने बेलाको अवस्था पत्ता लगाउन शिविरले मद्धत पुराएको बताइन । भेरी अस्पतालले शिविरका विरामीलाई अप्रेशन गर्नपर्ने केशमा थोरै खर्चमा उपचार गराउने उनले उल्लेख गरिन् । विशेषगरी क्यान्सर लागेर उपचार गरे बच्न सम्भव भएकाले बेलैमा परिक्षण गर्नुनै उचित मानिने डाक्टर पराजुलिले जनाइन । स्वास्थ्य शाखाले हरेक वडामा आयोजना गरिरहेको शिविरलाई थप सक्रियता दिन विद्यालयहरुमा समेत अन्तरक्रिया र परिक्षणको कार्य गरिने शाखा प्रमुख केसीले जनाइन ।

शाखाले वडा नम्बर ६, ५ र बिहिबार ७ नम्बरमा शिविर सम्पन्न गरिसकेको छ । सोहि प्रकृती मिल्दो जुल्दो आरोग्य सेवा केन्द्र खजुराको आयोजनामा वडा नम्बर ५ र ६ का ६ विद्यालयहरुमा विद्यार्थिहरुसंग अन्तरक्रिया गरिएको छ । बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जले पनि बिहिबार खजुरामा नसर्ने रोग पहिचान, रोकथाम, नियन्त्रणका लागी सरोकारवाला विच अन्तरक्रिया र पैरवी गोष्ठी गरेको थियो ।

प्रतिक्रिया

https://www.youtube.com/watch?v=DWKcoXcaE6o