
नेपालगन्ज : नसर्ने रोग नियन्त्रण तथा स्वस्थकर जीवनशैलि प्रर्वद्धन कार्यक्रम बाँकेको खजुरामा गरिएको छ । बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा नसर्ने रोग पहिचान, रोकथाम, नियन्त्रणका लागि अभिमुखिकरण, अन्तरक्रिया र पैरवी गौष्ठी गरिएको हो । गोष्ठिमा बोल्ने अधिकाशंले नसर्ने रोगका कारण नेपालमा धेरैको जिवन बर्बादीतिर गएको बताएका थिए ।
नसर्ने रोग दिन प्रतिदिन सुस्म गतिमा बढ्दै गएको बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. आलोक कुमार पाण्डेले बताए । बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको बार्षिक स्वीकृत कार्यक्रम संक्रामक तथा नसर्ने रोग न्युनिकरणमा स्वास्थ्यमन्त्रि कार्यक्रम अन्तर्गत नसर्ने रोग पहिचान, रोकथाम नियन्त्रणका लागि अभिमुखिकरण गरिएको हो ।
नसर्नेरोग पहिचान गरि अहिले यसको समाधानका उपाएका बारेमा सचेतना अभियान जिल्लाभरी नै सन्चालन गरिएको डा. पाण्डेले उल्लेख गरे । कार्यक्रममा खजुरा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धनराम ओली, वडा नम्बर ३ का वडाध्यक्ष पुर्ण बहादुर भण्डारी, वडा नम्बर ७ का वडाध्यक्ष राम गोपाल यादव, शिक्षा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्ल, नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख किरण खनाल, ज्ञानोदय बहुमसखि पब्लीक क्याम्पसका प्रमुख चरित्रा शाह, पशुपन्छि तथा मत्स्य विकास शाखाका प्रमुख तारा खड्का, पालिकाका अन्य कर्मचारहिरु लगाएतको उपस्थिती रहेको थियो ।
