
नेपालगन्ज : बाँकेको खजुरा गाउँ पालिका स्थित नेपाल रेडक्रस सोसाईटी खजुरा उप शाखाको सभापतिमा जीवनाथ सापकोटा पुन: निर्वाचित भएका छन् । नेपाल रेडक्रस सोसाइटीको विधान २०२०० (सत्रौं संशोधन २०७५) बमोजिम चालू माघ महिना देखि २०८३ पौष मसान्त सम्मको लागि २ वर्षको कार्यावधिका लागि आज भएको निर्वाचनबाट सभापतिमा सापकोटा निर्विरोध निर्वाचित भएका हुन् ।
सापकोटा २०६६ सालदेखि खजुरामा रहेको बागेश्वरी (खजुरा) उप शाखामा सभापति भै रेडक्रसका गतिविधिहरुलाई क्रियाशील बनाइरहेका छन् । सभापति सापकोटा यो सँगै लगातार ५ पटक सभापति भएका हुन् । रेडक्रस खजुरा उप शाखाको उप सभापतिमा योगमाया शर्मा खनाल, सचिवमा विकाश हरी कोइराला, कोषाध्यक्षमा प्रेम कुमार सापकोटा, सह सचिवमा कृष्ण कुँवर, उप कोषाध्यक्ष नवीन कर्माचार्य निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै सदस्यमा पानु शाही, मोहन बहादुर खड्का, भीम बहादुर विश्वकर्मा, पदमा भण्डारी र कृष्ण बहादुर भण्डारी निर्वाचित भए ।

