
उपभोक्ताहरूको आवश्यकतालाई मध्यनजर गर्दा भारतमा दोस्रो दर्जाको स्थान जमाउन सफल भएको आशोक लेल्याण्डका गुणस्तरयुक्त पार्टसहरूको नेपालगन्जमा बिक्री सुरु गरिएको छ । भुजईंगाउँमा जेके सप्लार्यसले आशोक लेल्याण्डको पाट्र्सहरुको बिक्री सुरु गरेको हो ।
शुक्रबार नेपालगन्ज वाणिज्य संघका अध्यक्ष टंक धामीले पाट्र्स बिक्री केन्द्रको शुभारम्भ गर्दै पछिल्लो समय युवाहरूले देशमा भविष्य छैन भनेर देश छोड्दै गएको परिवेशमा जेके सप्लायर्सका संचालक चिरिञ्जीव मल्लले देशमा केही गर्न सकिन्छ भनेर आशाको दिएको बताए । उनले भने, ‘मान्छे विदेश गैरहेको अवस्था एवं आर्थिक संकट भएको भएको अवस्थामा युवाहरू व्यवसायीक रूपमा अग्रसर हुनु निकै राम्रो भएको, जसले नेपालमा बसेर केही काम गर्न सकिन्छ भन्ने इच्छाका साथ अगाडी बढ्नुलाई उद्योग वाणिज्य संघ नेपालगन्जले सकारात्मक रूपमा लिएको छ ।’
जेके सप्लार्यसका संचालक युवा व्यवसायी चिरञ्जीवी मल्लल भने, ‘डुब्लिकेट समानहरू बजारमा आउँदा समस्या परेको अवस्थालाई मध्यनजर गर्दै आफुहरूले ओरिजिनल समानहरूको पूर्ण ग्यारेण्टिका साथ प्रदान गर्ने प्रतिवद्धता गर्दछौ ।’
यसैगरी आशोक लेल्याण्डका केन्द्रिय बजार प्रतिनिधि सुरज श्रेष्ठले भने, ‘हामीले जेके सप्लार्यस र आशोक लेल्याण्डको संयुक्त सहयोगमा हामीले अहिले नेपालगन्ज बाँके, बर्दिया लगायतका स्थानमा आशोकलेल्याण्डका सबै प्रकारका गाडिहरूको समानहरू सुपथ मुल्यमा प्रदान गर्नका लागि स्थापना गरेका छौ ।’ बजार प्रतिनिधि श्रेष्ठले भने, ‘अबका दिनमा नेपालगन्जमा स्थापना भएको सप्लार्यसले आफ्नो पहुचका आधारमा अन्य स्थानमा समेत आफ्नो क्षेत्र बढाउन सक्नेछ, उच्च स्तरीय पार्टसहरू प्रयोग गर्दा यातायातको साधनको आयु दिर्घकालिन हुने गर्दछ, हामीले विभिन्न परिक्षणपछि मात्र आफ्ना सामानहरूको उत्पादन गर्दै बजारमा ल्याइएको हुदाँ हाम्रा उत्पादनहरू प्रयोग गर्नुको विकल्प छैन ।’
बालाजुमा केन्द्रिय कार्यालय रहेको आशोकलेलेन्डको ४५ जिल्लामा आफ्ना सप्लार्यस संचालनमा ल्याएको हुँदा आशोक लेल्याण्डबाट उत्पादन गरीएका गाडिका पार्टसहरू भारतीय बजारमा दोस्रो स्थानमा रहेका छन भने यस कम्पनीबाट उत्पादन गरेका वसहरू नेपालमा क्रमशः सुधारउन्मुख गराउन तथा सम्पुर्ण उपभोक्तालाई सुपथ मुल्य तथा भरपर्दो समानहरू विक्री गर्नका लागि आफुहरूको तत्परता रहेको आशोक लेल्याण्डका नेपाल प्रतिनिधि मलाय साहु बताउँछन् ।
मलायका अनुसार, ‘बस क्षेत्रमा नम्बर एकमा रहेको हुदाँ हामीले उत्पादन गर्ने यातायातका साधनहरूको पार्टसहरू सुपथ मुल्यका यसका उपभोक्ताहरूले पाउन सकुन भन्ने हाम्रो मुख्य उदेश्य रहेको छ ।’ उद्घाटनमा वाणिज्य संघका अध्यक्ष धामीले आशोक लेल्याण्डद्वारा उत्पादन गरेको साधनहरूको अवलोकन समेत गरेको जे के सप्लार्यसका प्रतिनिधि सुवोध बर्माले जानकारी दिए ।