किसानलाई स्थलगत कुखुरा पालन तालिम

नेपालगन्ज : कुखुरा विकास फार्म खजुराले किसानलाई स्थलगत कुखुरा पालन तालिम प्रदान गरेको छ । बाँके र बर्दियाका २० जना किसानहरुलाई स्थलगत ३ दिने कुखुरा पालन तालिम प्रदान गरिएको कुखुरा विकास फार्म खजुराका फार्म प्रवन्धक डा.सुमन खनालले जानकारी दिए । ‘कुखुराको खण्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’ भन्ने नारा सहित फार्मले किसानहरुलाई व्यवहारिक तालिम प्रदान गरि व्यवसायिक बन्न प्रेरित गरेको फार्म प्रवन्धक डा. खनालले जनाए ।

जिविको पार्जन सुधार, गरिबी निवारण तथा खाद्य सुरक्षाका लागि कुखुरा पालन कार्यक्रम अन्तर्गत किसानलाई यस किसिमको तालिम प्रदान गरिएको तालिम संयोजक कमल चन्दले बताए । तालिम पश्च्यात उपस्थित किसानहरुले कुखुरा पालनमा दिनुपर्ने ध्यानहरुका बारेमा उपयोगिमुलक जानकारी प्राप्त गरेको बताएका थिए । कुखुराको खोर कस्तो बनाउने, कति तापक्रममा चल्ला हुर्काउने, दाना कति मात्रामा खुवाउने, सरसफाईमा कसरी ध्यान दिने, रोग के कस्तो कुन समयमा लाग्छ र त्यसको उपचार र समाधान कसरी गर्ने भन्ने लगाएतका विषयमा तालिम पाएकाले प्रभावकारी भएको किसान बसन्त भण्डारीले बताए । किसानले भोगिरहेको गरिरहेको काममा थप ज्ञान प्राप्त हुन सकेको उपस्थित किसानले बताएका थिए ।

प्राविधिक ज्ञान सिप कुखुरा पालनमा पनि आवश्यक रहेको किसान भण्डारीले जनाए । तालिमका प्रमुख प्रशिक्षक पशु प्रजनन् कार्यालय गौघाट बाँकेका डा. मिलन चौधरीले तालिमले किसानको विकासक्रममा मद्धत गर्ने बताए । तालिममा सिकाई भएका कुराहरुलाई व्यवहारिक रुपमा किसानले उतार्नपर्ने डा. चौधरीले जोड दिए ।

कुखुरा विकास फार्मका फार्म प्रवन्धक डा. खनालले फार्म अन्तरर्गत गठन गरिएका समुहहरुका किसानहरुलाई तालिम दिइएको र उहाँहरुलाई तालिम दिदाँ अन्य किसानलाई सिकाई गर्न समेत मद्धत पुग्ने अपेक्षा गरिएको बताए ।

प्रतिक्रिया

https://www.youtube.com/watch?v=DWKcoXcaE6o