लिल बहादुरको अर्को पुन्य काम : गर्भवति महिलाको परिवारमा सहयोग

नेपालगन्ज : गुल्मी मुसिकोट नगरपालिका वडा नम्बर २ बाइगाडे निवासी साविर नेपाली जसको पेटमा दुई महिनाको बच्चा छ । घरमा खान लाउन केहि छैन । स्वास्थ्य अवस्था विग्रदै छ । पेटमा क्यान्सर भएको संखा यो बेला डाक्टरले गरेपछि नेपालीको परिवारमा रुवाबासी छ ।

खान लाउन मुस्किल हुने परिवारमा उपचारको लागि कसरी खर्च बेहोर्ने । परिवारको पेट भर्न नै धौ धौ परिरहेको अवस्थामा नेपाली परिवारमाझमा खुसीको बाहर आइपुगेको छ । यो खुसीको बाहर भने जि टिभि मार्फत बाँके जिल्ला खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी समाजसेवी हाल अमेरिकामा कार्यरत लिल बहादुर थापाले घरमा वर्षदिन भन्दा बढी पुग्नेगरी सहयोग पठाइदिए पछि आएको हो ।

सयौ दिन दुखिका घरमा चुल्लो बाल्न सहयोग गरिसकेका लिल बहादुरले नेपालीको लागी पनि आवश्यक सहयोग र पैसा सहयोग गरेका हुन ।

प्रतिक्रिया

https://www.youtube.com/watch?v=DWKcoXcaE6o