छोरा छोरीले नहेरेपछि बिरामी आमा बुवाको विचल्ली

खगेन्द्र दाहाल, नेपालगन्ज : वृद्ध अवस्थामा पुगेका आइत बहादुर विश्वकर्मा र उनका श्रीमती दुबैलाई विसन्चो छ । आइतको राम्रो संग हात खुट्टा चल्दैनन् भने श्रीमती गितालाई स्थन क्यान्सर छ । बाँकेको खजुरा गाउँपालिका ३ मनकामनापुरमा आफ्नो आफन्तले बस्नलाई दिएको घरमा उनिहरुको बसोबास छ ।

विश्वकर्मा परिवारले तिन सन्तानलाई जन्मदिए, हुर्काए लायक बनाए तर अहिले ति सन्तान उनिहरुसंग छैनन् । दुई छोरा एक छोरी भएपनि उनिहरुको रेखदेख कसैले नगर्दा साहराविहिनको अवस्थामा जिउन परिरहेको आइत बहादुरले दुखेसो पोखे । छरछिमेकमा बसैले दया मानेर दिएको र माइती बाट कहिले काहिँ पठाउने खाध्यान्नले आफ्नो पेट भर्ने गरेको वृद्ध गिता विश्वकर्माले सुनाइन । घरमा दुबैजनाको स्वास्थ्य अवस्था ठिक नहुँदा दैनीक गर्नुपर्ने काम गर्न समेत कठिन हुँदै गएकोछ । उचित स्याहार सुसार नपाउदाँ शरिर कमजोर हुँदै छ दुवैजनाको । जवान हुँदा सम्म भारतमा ज्याला मजदुरी गरेर आफ्नो र परिवारको लालनपोषण गरेका आइतलाई प्यारालाइसिस भएपछि उपचार गर्दा पनि राम्रो संग ठिक हुन सकेन ।

भारतमा काम गर्न सक्ने अवस्था नभएपछि दुई श्रीमान श्रीमती नेपाल फर्किएका थिए । यहाँ आएपछि उनिहरुमा थप पिडा थपियो श्रीमती गितालाई पनि क्यान्सर भयो । अहिले उपचार त परै, खान लाउन समेत धौ धौ छ, उनिहरुलाई । कसैले दिए खान्छन नदिए भोकै । लुगा पनि अरुले नै दिएको पुराना लगाउँदै आएका उनिहरुले नयाँ लुगा नकिनेको बर्षौ भइसकेको छ । नयाँ लुगा लगाउने त सपनामै मात्र हो बाबु गिताले दुखेसो पोख्दै भनिन्, ‘सुत्ने खाट त छ, तर न्यानो बेड विस्तारा अभाव छ ।’ क्यान्सर देखी पिडित गिताको उपचारमा लाग्ने पैसा नहुँदा अहिले उपचार गर्न रोकीएको छ ।

पालिका मार्फत मिलेको सहायताले औषधि खरिद गर्न मात्र मिल्ने र अन्य खर्च आफैले जुटाउनुपर्ने हुँदा उक्त जुटाउनु पर्ने रकम पनि संकलन गर्न नसक्दा उपचार गर्न नसकिएको उनिहरुको गुनासो छ । जसरी भएपनि जिउन त पर्ने रहेछ ‘आइत बहादुरले आँसु झार्दै भने ।’ आइत र गिताले आफ्ना सन्तानले फोन चिठि पनि नपठाउने गरेको बताउँछन । ‘सन्तानको पिरले हामी यता मर्ने भयौं’ उनिहरुले एकै स्वरमा भने ।

प्रतिक्रिया

https://www.youtube.com/watch?v=DWKcoXcaE6o