
नेपालगन्ज : बाँकेको खजुरामा माघ १० देखी १३ गते सम्म संचालन हुने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खजुरा गाँउपालिका समितीको तेस्रो पालिका अबिधेशनको उदघाटन गर्न पुर्व प्रधानमन्त्रि तथा माओवादी केन्द्रका केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने भएका छन ।
माघ १० गते खजुरा ३ स्थित शिव कालिका मन्दिरको खेल मैदानमा हुने तेस्रो पालिका अबिधेशन एवं भ्रष्टाचार विरुद्धको खबरदारी सभाको उदघाटन गर्न प्रचण्ड आउने भएका हुन ।
पालिका अधिवेशनको उद्धघाटन संगै भ्रष्टाचार बिरुद्धको खबरदारी सभालाई अध्यक्ष प्रचण्ड लगायतका केन्द्रिय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको आज मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
पालिका सम्मेलनको उद्धघाटन अघि अध्यक्ष प्रचण्डले जनयुद्धका शहिद परिवारजनहरुसंग अन्तरक्रिया गर्ने र जनता नमुना माध्यामिक विद्यालय खजुरा ३ मा अवस्थित शहिद बाटिकामा रहेका शहिदहरुको प्रतिमामा माल्यांपण गर्नुका साथै वाटिकाको उदघाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
पालिका अधिवेशनमा २ सय प्रतिनिधी र सोहि संख्यामा पर्यवेक्षकहरुको सहभागीता रहने माओवादी केन्द्र खजुरा गाँउपालिका समिती अध्यक्ष राज कुमार बिकले जानकारी दिए ।
सम्मेलनको उद्धघाटन कार्यक्रयममा शहिद परिवार र जेष्ठ कम्यूनिष्ट मंञ्चका सदस्यहरुलाई सम्मान समेत गरिने अध्यक्ष बिकले बताए ।
