
नेपालगन्ज : नरैनापुरका दुई विद्यालयमा लागुऔषध दुर्व्यसनी रोकथाम सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारा सहित नरैनापुरका स्थानिय दुई विद्यालयका विद्यार्थिहरुका लागी लागु औषध दुर्व्यसनी रोकथाम सम्बन्धि सचेतना जगाउने उदेश्यले कार्यक्रम गरिएको आयोजक आयुर्वेद शाखाले जनाएको छ ।
नेपालमा लागू औषधको उत्पादन, ओसारपसार, बेचबिखन प्रयोग बढ्न थालेको भन्दै विद्यालय स्तरमै यसको सचेतना जगाउन यस किसिमको कार्यक्रम गरिएको नरैनापुर गाउँपालिका आयुर्वेद शाखा प्रमुख रोशन शर्माले जानकारी दिए ।
नेपाल सरकारले लागुऔषध दुर्व्यसनी रोक्न कानुनको कार्यान्वयनमा कडाई गरीरहेको सहजकर्ता तथा ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरिक्षक टोपेन्द्र बुढामगरले बताए । प्रहरी निरिक्षक बुढामगरलले लागुऔषधको प्रयोग र यसबाट हुने कसुर सजाय र आत्महत्या न्युनिकरण सम्बन्धि विद्यार्थिहरुमा आफ्नो प्रस्तुती सगैं सहजीकरण गरेका थिए । उनले लागू औषध नियन्त्रण नीति रणनीति कार्ययोजना कार्यान्वयनलाई प्रभावकारी रुपमा अगाडि बढाइएको बताए ।
नरैनापुर भारतसंग जोडीएको सिमाना भएको पालिका भएकाले पनि लागुऔषधको प्रयोगकर्ता हुने उच्च जोखिममा रहेको उल्लेख गरे । नरैनापुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका सदस्य प्रेम चन्द्र मौर्यको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थिहरुलाई कुलतमा नफस्न आग्रह गरिएको थियो । कार्यक्रममा बोल्ने अधिकाशंले लागु पदार्थ दुव्र्यसनी नियन्त्रण र रोकथामका लागि सबैको समन्वयकारी भूमिका हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा लागु औषधकै कारण समाजमा अपराधका घटना बढेको भन्दै अभिभावकहरुलाई आफ्ना छोराछोरीमाथि निगरानी बढाउन सुझाव दिइएको थियो । भारतसँगको खुला सीमानाका कारण लागु औषध कारोवारीको मुख्य स्थल बन्न सक्ने भएकाले समयमै सचेत रहन सम्बन्धितलाई सचेत रहन सहभागिले आग्रह गरे । लागुऔषध नियन्त्रण गर्न नागरिकहरुको सहयोग जरुरी रहेको प्रहरी निरिक्षक बुढामगरले बताए ।
नरैनापुरका श्री जय किसान माध्यमिक विद्यालय र श्री महेन्द्र माध्यमिक विद्यालयमा यस किसिमको सचेतनामुलक कार्यक्रमको शुरुवात गरिएको आयुर्वेद शाखाले जनाएको छ । कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थिहरुलाई प्रदान गरिएको सचेतनामुलक कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बिस्वास गरिएको छ । नरैनापुरमा आफ्नो सेवा प्रदान गरिरहेको शाखाले आर्थिक वर्ष २०८१÷०८२को हालसम्म ओपिडि सेवा ३६७८ जनालाई प्रदान गरिएको शाखा प्रमुख रोशन शर्माले जनाए । शर्माले स्तनपायी सेवामा २६७ जना, जेष्ठ नागरिक सेवा अन्तर्गत २८९ जना, पंचकर्म सेवामा १५१ जना र विद्यालय आयुर्वेद तर्फ ५०० जनाले सेवा पाएको जानकारी दिए । शाखाले आफ्ना विभिन्न कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक कार्यक्रम, ६ महिनाभित्रका सुत्केरी आमाहरुलाई दुग्ध बर्धक औषधि वितरण, विद्यालय आयुर्वेद तथा योग शिषा कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।