
नेपालगन्ज: बाँकेको खजुरा गाउँपालिका ३ धौलागिरीमा क्रियाशील हिमालयन सामुदायिक क्लबले आगामी माघ १२ गतेबाट माघ १९ गतेसम्म तेस्रो डम्बर रानाभाट स्मृति नकआउट फुटबल २०८१ सञ्चालन गर्ने भएको छ ।
क्लबले एक पत्रकार सम्मेलनको आयोजना गरी तेस्रो डम्मर रानाभाट स्मृति नकआउट फुटबलको बारेमा जानकारी दिएको हो। प्रतियोगितामा १६ वटा टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुनेले ६०, ५५५ रुपैयाँ र ट्रफी मेडल प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमले ३५, ५५५ रुपैयाँ ट्रफी मेडल प्राप्त गर्नेछ।
