डलैपुरको नवनिर्मित चर्च भवनको उदघाटन

डुडुवा : बाँके डुडुवा गाउँपालिका ५ स्थित जैतुन एजी चर्च डलैपुरमा नवनिर्मित भवनको उदघाटन गरिएको छ ।
आज आइतबार एक समारोहका विच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले उदघाटन गर्दै सबै धर्म संस्कृतिको सम्मान गर्दै सबैको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले डुडुवामा पर्यटन विकास तथा धार्मिक क्षेत्रको संरक्षण सम्बद्र्धनमा गाउँपालिकाले विशेष कार्यक्रम संचालन गरेको भन्दै जिर्ण अवस्थामा रहेका केही स्थलहरुको मर्मत सम्भार समेत गरेको उल्लेख गर्नुभयो ।

डुडुवा गाउँपालिकाबाट रु बीस लाख र दश लाख बढी अन्य स्रोतबाट गरि कुल तीस लाख १८ हजार ३ सय १८ रुपैयाको लागतमा भवन निमार्ण सम्पन्न गरिएको हो । भवन उदघाटन कार्यक्रममा चर्चका पास्टर लिले बराल, नेपाली कांग्रेश वडा नं. ५ का बुथ सभापति रत्न बहादुर चलाउने लगायतले बोल्नु भएको थियो ।

प्रतिक्रिया