लागू औषध दुर्व्यसनी बिरुद्द विद्यार्थीलाई सचेतना

नेपालगञ्ज : बाँकेको खजुरामा रहेका विद्यार्थीहरुका लागि लागू औषध दुर्व्यसनी विरुद्धको सचेतना संचालन गरिएको छ। नागरिक आरोग्य सेवा केन्द्र खजुराको आयोजना तथा ईलाका प्रहरी कार्यालय धनौलिसँगको सहकार्यमा विद्यालयमा लागू औषध दुर्व्यसनी रोकथाम सम्बन्धी जन चेतना मुलक कार्यक्रम संचालन गरिएको हो ।

आईतबार खजुरा गाउँपालिका वडा नम्बर ४ स्थित जनकल्याण माध्यामिक विद्यालयमा सचेतना मुलक कार्यक्रम गरिएको नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख किरण खनालले जानकारी दिनुभयो ।

आरोग्य सेवा केन्द्रले चालू आर्थिक वर्षको हाल सम्म २५४५ जनालाई अपिडी सेवा प्रदान गरिसकेको छ । जसमा जेष्ठ नागरिकहरु २९९ जनाले सेवा पाएका छन् । १८२ जना ६ महिना भित्रका सुत्केरी आमाहरुलाई सेवा प्रदान गरिएको शाखाका प्रमुख खनालले जानकारी दिनुभयो । शाखाले संचालन गरेको पूर्वकर्म /पञ्चकर्म सेवा मार्फत ११०७ जनाले सेवा पाएको शाखाका कर्मचारी सबिना केसीले जानकारी दिनुभयो। शाखाले अन्य दिने सेवाहरु सहित हाल सम्म ६ हजार १ सय ५६ जनालाई कुल स्वास्थ्य सेवा प्रदान गरिसकेको छ ।

हाल आरोग्य सेवा केन्द्रले दैनिक जसो योग कार्य हुने गरेको शाखा प्रमुख खनालले जनाउनुभयो ।

प्रतिक्रिया

https://www.youtube.com/watch?v=DWKcoXcaE6o