
नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका स्थित नेपाल रेडक्रस सोसाइटी बागेश्वरी उपशाखाले आफ्नो २१ औं उपशाखा सभा शनिबार सम्पन्न गरेको छ । शाखाका सभापति जीवनाथ सापकोटाको अध्यक्षतामा भएको उपशाखा सभामा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले रेडक्रस शाखालाई थप सक्रिय बनाउन आवश्यक रहेको बताए । रेडक्रस मार्फत म सेवा गर्छु भन्ने भावना जागृत हुने गरेको बताए। उनले खजुरामा रेडक्रस मार्फत हुने गरेको क्रियाकलापले सकारात्मक सन्देश प्रवाह गरिरहेको जनाए । सभामा वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर रोकाछेत्रीले स्वास्थ्य क्षेत्र देखि सामाजिक सेवाका लागि शाखाले उल्लेखिय काम गर्दै आएको बताए। रेडक्रससंग सहकार्य गरी पालिकाले कार्यक्रमहरु सञ्चालन गर्ने गरेको उल्लेख गरे ।
जिल्ला जूनियर रेडक्रस सर्कलका संयोजक यम नारायण महतोले रेडक्रसका सात सिदान्तहरुलाई आत्मसात गर्दै सेवाभावको कर्मतिर सबै लाग्न अनुरोध गरे । बागेश्वरी उपशाखाका संस्थापक सदस्य टंकनाथ दाहालले एक पालिका एक शाखाको अवधारणा आउन लागेको भन्दै खजुरा शाखाको रुपमा बागेश्वरी उपशाखा लाई विकास गरिनुपर्ने बताए।
अब आउने नयाँ कार्य समितिले पनि रेडक्रसको उद्देश्य लाई थप माथि पुगाउने गरी काम गर्न उपस्थित सहभागीहरुले बताए ।