संजय आचार्य बर्दिया, मंसिर १९ गते । बर्दियाको गुलरिया नगरपालिका द्वारा आयोजित “खेलकुदमा सहभागिता, गुलरियाको प्रगति र एकता” भन्ने मूल नाराका साथ नगरपालिका स्तरीय सत्रौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचौं मेयरकप खेलकुद प्रतियोगिता मंगलवार देखी सुरु भएको छ।
गुलरिया नगरपालिका वडा नं ४ स्तिथ कर्वडहल खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश का सामाजिक विकाश मन्त्री जन्मजय तिमिल्सेना गर्नु भएको छ । तिमिल्सेनाले पालिकामा भइरहेको मेयर कप र राष्ट्रपति रनिङ शिल्डले खेलाडीहरुले अवसर पाउनु को साथै आफ्नो क्षमता देखाउने अवसर समेत पाइरहेको बताउनु भयो । हरेक बर्ष हुने यस्ता किसिमका रनिङ्ग शिल्ड प्रतियोगीताले विद्यालय मा पढ्ने विद्यार्थि हरुलाई थप उर्जा मिल्ने नगर प्रमुख मुक्तिनाथ यादवले बताउनु भयो ।
नगरपालिकाले खेल क्षेत्रलाई शुरुदेखि नै प्राथमिकतामा राखेको बहाले बताउनु भयो । मंसिर १८ गते देखी सञ्चालन हुने गुलरिया नगरपालिका स्तरीय सत्रौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचौं मेयरकप खेलकुद प्रतियोगिता मा पहिलो दिन १०० निटर , २०० निटर दौड प्रतियोगिता का साथै १०ox४ रिले खेलको फाइनल र १५ सम निटर दौड को फाइनल प्रतियोगिता हुने आयोजक समितिका संयोजक माधवराज शर्मा ढकालले बताउनु भयो उद्घाटन सत्रमा नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयका सहभागी बिद्यालयका खेलाडीहरुले मार्च पास गर्नुका साथै विभिन्न खेलहरुको प्रदर्शन गरिएको थियो ।
कार्यक्रम अवधिभर भलिबल , कबड्डी’ दौड प्रतियोगिता, टिपल जम्प’ सटपट. लङ्ग जम्प , हाइजम्प, ज्याव लेन थ्रो लगायत अन्य खेल प्रतियोगीतमा हुनेछन् । १८ गते देखी सुरु भएको नगरपालिका स्तरीय सत्रौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचौं मेयरकप खेलकुद प्रतियोगिता मंसिर २२ गते सम्म हुने छ भने समयको अभाव भएमा प्राविधिक कारणले समय तालिका मा केहि फेरबदल आउन सक्ने आयोजकले जनाएको छ।