नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा रहेको नेपाल राष्ट्रिय आदर्श आधारभुत विद्यालयमा अध्ययनरत बहिरा बालबालिकाहरुले जाडोमा लगाउन न्यानो लुगा पाएका छन । ति बहिरा अपाङ्गता बालबालिकाहरुको लागी खजुरा वि गाउँ निवासी समाजसेवी धनसिंह रानाले न्यानो लुगा प्रदान गरेका हुन । विद्यालयमा अध्ययनरत ४२ जना बहिरा अपाङ्गता बालबालिकालाई आज ३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा समाजसेवी रानाले न्यानो लुगा आफ्नो व्यक्तिगत सहयोग स्वरुप प्रदान गरेका हुन ।
विद्यालयले पनि आफ्नो बजेट बाट न्यानो लुगा खरिद गरि बालबालिकाहरुमा वितरण गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओपेन्द्र खत्रिको अध्यक्षतामा भएको न्यानो लुगा तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर रोकाक्षेत्रीले अपाङ्गता भएका बालबालिकालाई पहिलो प्राथमिकता राखेर पालिकाले काम गरिरहेको बताए । वडाध्यक्ष रोकाक्षेत्रीले डि गाउँमा रहेको बहिरा बालबालिकाहरुका लागि व्यवस्थापन गर्न पालिकाले योजना गरेबमोजिम बजेट विनियोजन गर्ने गरेको जनाए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खत्रिले पछिल्ला दिनमा विद्यालयमा शुरक्षाको चुनौती बढेको बताए । विद्यालयको सिमित प्राङगढ भएपनि बाउण्डरी लगाउन आवश्यक रहेको अध्यक्ष खत्रिले जनाए । न्यानो लुगा पितरण सगैं विद्यालयमा विभिन्न समयमा हुने खेलकुदका क्रियाकलापहरुमा पभएका विजेता विद्यार्थिहरुलाई शैक्षिक सामाग्री पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक नरेन्द्र मल्ल, पुर्व प्रध्यानाध्यापक मोहन खड्का, समाजसेवी बालाराम खत्रि, बि ग्रुपका सोमराज जिसी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक शिक्षिका, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।