नेपालगन्ज : पशुपन्छी मत्स्य तरकारी तथा फलफुल सम्बन्धि सदस्यहरुको दुई दिने तालिम खजुरामा सुरु भएको छ । ग्रामिण विकास लघुवित्त वित्तिय संस्था लिमिटेड सन्चालन तथा सुपरिवेक्षण कार्यक्रम नेपालगन्जको आयोजनामा बाँके र बर्दियाका किसानहरुलाई तालिम प्रदान गरिएको हो ।
किसानहरुलाई कृषि तथा पशुपालनमा व्यवसायिक बनाउने उदेश्यले तालिम प्रदान गरिएको खजुरा शाखाका प्रमुख बाशुदेव रेग्मीले जानकारी दिए । ग्रामिण विकास लघुवित्त वित्तिय संस्था लिमिटेड अन्तर्गत रहेको ११ नम्बर केन्द्रका केन्द्राध्यक्ष कल्पना ओलीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा सन्चालन तथा सुपरिवेक्षण कार्यक्रम नेपालगन्जका प्रमुख रागिनी श्रीवास्तवको प्रमुख आतिथ्यमा भएको थियो ।
दुई दिनसम्म चल्ने तालिममा कृषि अनुसन्धान निर्देशनालय खजुराका बैज्ञानिक जगन्नाथ बन्जाडे, कुखुरा विकास फार्म खजुराका फार्म प्रवन्धक डा. सुमन खनाल, मत्स्य विज्ञ सुदिप कुमार लामिछाने, कृषि प्राविधिक हरि प्रसाद शर्मा, नारायण प्रसाद चौधरी लगाएतले तालिमको सहजिकरण गरिरहनुभएको छ ।