नेपालगन्ज : बाँकेको खजुरामा माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्यका लागि ऐक्यबद्धता भन्ने मुल नाराका साथ नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरुद्धका विविध कार्यक्रम अन्तर्गत खजुरामा शुक्रबार विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।
खजुरा गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो । हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा विरुद्धको ऐक्यबद्धता भन्ने शिर्षकमा खजुरा गाउँपालिका अन्तर्गतका संस्थागत र सामुदायिक विद्यालयका १६ जना बालबालिकाको सहभागिता रहेको थियो । वक्तृत्वकला प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मनकामनापुर कि छात्रा नविना विष्ट प्रथम भएकी छन ।
त्यस्तै, जनता नमुना माध्यमिक विद्यालयकी छात्र सुप्रीया पुनमगर द्धितिय भइन भने सिटिजन माध्यमिक विद्यालय कि छात्र प्रतिष्ठा घर्तिमगर तेस्रो भइन । कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मन्जु मल्ल, सामाजिक विकास संयोजक कृष्णा पोख्रेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सन्चालन पालिका स्तरीय वाल संजाल र किशोरी संजालले संयुक्त रुपमा गरेका थिए ।
बाल क्लब संजाल र किशोरी क्लब संजालले लागुऔषध दुब्र्यशन र वाल विवाह विरुद्ध सडक नाटक समेत प्रस्तुत गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शुसिला न्यौपानेले जानकारी दिइन । कार्यक्रम जनता नमुना मा बिको सभा हलमा सम्पन्न भएको थियो। ईलका प्रहरी कार्यालय धनौलिको समेत सहभागिता थियो ।