गुलरिया – ४ बाल बिवाह मुक्त वडा घोषणा


संजय आचार्य, मंसिर : बर्दियाको गुलरिया नगरपालिका वडा नं – ४ ले आफ्नो वडा भित्र उमेर नपुगी हुने बाल बिवाहलाई रोक थाम गर्नाको निमित्त बाल बिवाह मुक्त वडा घोषणा गरेको छ।
शुक्रवार ध्रुब माध्यामिक विद्यालयमा भएको कार्यक्रममा ” विहेवारी २० बर्ष पारी ‘ भन्ने मुल नाराका साथ बाल बिवाह मुक्त वडा घोषणा समारोहमा वडा नं ४ लाई घोषणा गरिएको हो ।

बाल बिवाह मुक्त वडा घोषणा कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि गुलरिया नगरपालिका का प्रमुख मुक्तिनाथ यादवले
२०२५ सम्म मा गुलारिया नगरपालिका का १२ वटै वडालाई बाल विवाह मुक्त वडा घोषणा गर्ने लक्षय रहेको बताउनु भयो । मेयर यादव ले” यो उमेर पढने हो विवाहृ गर्ने होइन ” भन्नु भयो । ठूलो भई आफ्नो खुटामा उभिने भए पछि विवाह गर्न सुझाव दिनु भयो ।

गुलरिया नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सुरेश गौतमले पछिल्लो अवस्थामा समुदाय बाल बिवाह रोक्नका लागी सचेत रहेको बताउँदै बाल बिवाह मुक्त वडा बन्नुमा सबैको साथ र सहयोग रहेको बताउनु भयो। गौतमले
समुदायले बालबालिकाको भविष्यका लागि ठोस कदम चालिरहेको बताउँदै यो प्रयास अन्य वडाहरूका लागि पनि प्रेरणादायी बन्नसक्ने कुरामा जोड दिनु भयो।

यस अघि गुलारिया नगरपालिकाको वडा न ८ र वडा नं १२ बालविवाह मुक्त वडा घोषणा भइ सकेको बताउँदै गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहले
उमेर नपुगी हुने विवाहलाई बन्देज, तथा बालवालिकाको भविश्य निर्माण गर्नमा अभिभावकको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । बाल बिवाह मुक्त वडा कागचमा मात्र सिमीत नरहोस भनी आफ्नो धारणा राख्दै राख्दै आज भएको वडा ने ४ को कार्य सकरात्मक भएको र अबका दिनमा कार्यान्वयन पक्षलाई बलियो बनाउनुपर्ने बताउनु भयो ।

गुलरिया नगरपालिका महिला , बालवालिका तथा जेष्ठ नागरिक शाखा र वडा नं ४ को आयोजनामा वडा न ४ लाई बाल बिवाह मुक्त वडा घोषणा गरिएको हो ।कार्यक्रममा प्लान इन्टरनेसल , बाँके यूनोस्कको क्लब, बि ग्रुप को सहयोग रहेको थियो भने कार्यक्रममा शिक्षक ‘ विद्यार्थी ,अभिभावक , का साथै सञ्चारकर्मी को उपस्तिथी रहेको थियो ।

प्रतिक्रिया