
नेपालगन्ज : बाँकेको खजुरामा रहेको कृषि अनुसन्धान निर्देशनालयको आयोजनामा कृषि अनुसन्धान तथा प्रविधि प्रर्वद्धन परियोजना प्रारम्भिक बैठक गरिएको छ । लुम्बिनी प्रदेशका विभिन्न कार्यालय, निर्देशनलयको प्रमुख प्रतिनिधिहरुको उपस्थितीमा बैठक गरिएको हो । निर्देशानलयका निर्देशक डा. समिद अहमदको अध्यक्षतामा भएको प्रारम्भिक बैठक गरिएको हो । बैठकमा कृषि अनुसन्धान प्रविधि प्रर्वद्धन परियोजनाका बारेमा छलफल गरिएको थियो ।
कृषि र पशु सेवाको अनुसन्धानमा गर्नुपर्ने काम नियमित रुपमा समन्वय गरि गर्न आवश्यक रहेको बताएका थिए । बैठकमा कृषि अनुसन्धान निर्देशनालयका निर्देशक अहमदले स्वागत सगैं निर्देशनलयको उदेश्यका बारेमा प्रस्तुति दिएका थिए ।
कृषि विकास निर्देशनालय, बुटवलका कृषि प्रसार निर्देशक राम प्रसाद पाण्डेले लुम्बिनी प्रदेश भित्र कृषि क्षेत्रको समस्या र आवश्यकताको प्राथमिकिकरण, उचित प्रविधिको प्रचार र प्रवद्र्धनका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै, पशुपन्छि तथा मत्स्य विकास निर्देशनलय, बुटवलको प्रतिनिधित्व गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका प्रमुख डा. शकर न्यौपानेले पशुपन्छि र मत्स्य सम्बन्धि क्षेत्रका प्रम्ख समस्याहरु र समाधनका उपायका बारेमा आगामि आर्यदिशाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
लुम्बिनी प्रदेश भित्र कृषि, पशुजन्य क्षेत्रको समस्या र आवश्यकताको प्राथमिकिकरण, उचित प्रविधिको प्रचार र प्रर्वद्धनका बारेमा प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना प.का.ई रुपन्देहिका सौरज विश्वकर्माले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्रहरुमा छलफल पछि आगामि क्रियाकलाप, कार्यशुचि निर्धारण र कोर टिमको गठन गरिएको थियो ।
कार्यक्रममा बोल्ने अधिकाशंले कृषि तथा पशुपन्छी क्षेत्रमा देखिएका समस्यालाई सहजरुपमा समाधान गर्न आवश्यक रहेको बताएका थिए । देखिएको समस्यालाई सम्बन्धित निकायले गम्भिर रुपमा लिएर कार्य सम्पादनमा लाग्नपर्नेमा उनिहरुको जोड थियो । कृषि अनुसन्धान तथा प्रविधि प्रर्वद्धन परियोजना प्रारम्भिक बैठक पछि अनुसन्धानको क्षेत्र पहिचान गरिने र कार्यक्रमलाई प्रभावकारी बनाउन कार्ययोजना बनाइने निर्देशनालयका निर्देशक अहमदले जनाए ।


