नेपालगन्ज : नेपाल रेडक्रस सोसाइटी बागेश्वरी युवा सर्कल खजुराको अध्यक्षमा युवा पत्रकार खगेन्द्र दाहाललाई चयन गरिएको छ । रेडक्रसको बागेश्वरी उप शाखा खजुरा अन्तर्गत बुधबार आयोजित २१ औं स्थापना दिवसका अवसरमा गठित युवा सर्कलको नेतृत्वमा पत्रकार दाहाललाई निर्वाचित गरिएको थियो ।
सञ्चारकर्मीका रुपमा मात्र नभएर पत्रकार दाहालले मानविय सेवा कर्ममा निरन्तर लाग्दै आएका छन । गठित युवा सर्कलको उपाध्यक्षमा लिला गिरी, सचिवमा गम बहादुर डांगर, उप सचिव प्रकाश शाह, कोक्षाध्यक्ष तुला खत्री, उप कोक्षाध्यक्ष सिता वि.क चयन भएका छन । यस्तै सदस्यहरुमा गौरब सापकोटा, लिला भट्राई, यम बहादुर विष्ट, सुस्मिता क्षेत्रि सर्वसम्मत निर्वाचित भएका हुन । एक जना कार्यसमिति सदस्य र सल्लाहकारलाई आगामि बस्ने बैठकद्धारा मनोयन गरिने नव निर्वाचित अध्यक्ष दाहालले जानकारी दिए ।
२०६० सालमा स्थापना भएको बागेश्वरी उपशाखामा विगतका केहि वर्ष यता युवा सर्कल निष्कृय अवस्थामा रहेकोमा यसलाई पुन क्रियासिल बनाउन नयाँ कार्यसमिति निर्माण गरिएको वागेश्वरी उपशाखा खजुराका सभापति जिवनाथ सापकोटाले जानकारी दिए । नव कार्य समितिलाई शुभकामना दिदै जिल्ला कार्यसमिति सदस्य,सितापुर उप शाखाका सभापति, जुनियर युवा समितिको संम्योजक यम नारायण महतोले विगतका दिनमा जस्तै खजुराको युवा सर्कलले क्रियासिल भएर मानविय सेवाको कार्यमा लाग्नेमा विस्वास लागेको बताए । खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर रोकाक्षेत्रीले रेडक्रस जस्तो मानविय सेवा गर्ने सस्थामा रहेर कार्य गर्न पाउनु नै भाग्यमानि सम्झनुपर्ने बताए । वडाध्यक्ष रोकाक्षेत्रिले खजुरामा आइपर्ने प्राकृतिक प्रकोपमा ‘म सेवा गर्छु’ भन्ने मन भावना लिएर सबै लाग्न आवश्यक रहेको भन्दै शुभकामना प्रदान गरे ।
स्थापना दिवस मनाउने कार्यक्रममा खजुराका रेडक्रसकर्मि, स्थानिय संघ सस्थाका पदाधिकारी, जनप्रतिनिधि, युवाहरुको सहभागिता थियो ।