दृष्टिविहिन विकलाई पत्रकार दाहालले बनाइदिए घर

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ६ सिमलघारी निवासी दृष्टिविहिनको परिवारका लागि पत्रकार खगेन्द्र दाहालले घर निर्माण गरिदिएका छन । बर्षातको पानिले घर भत्काइदिएपछि बेघर बनेका विकलाइ पत्रकार दाहाल चौतर्फी सहयोग स्वरुप निमार्ण सामाग्री र केहि रकम जुटाइ घर निमार्ण कार्य सम्पन्न गरि दृष्टिविहिन जय बहादुर विकको परिवारमा हस्तान्तरण गरिएको हो ।

दृष्टिविहिन विकको घरको उद्घाटन समाजसेवी लिल बहादुर थापाले रिबनकाटेर गरे । घर हस्तान्तरण कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले सञ्चारकर्म सगैं समाजिक कार्य स्वरुप घर नै बनाइदिने अभियान सम्पन्न गर्न सफल बनेकोमा बधाई सहित धन्यबाद दिए ।

अध्यक्ष विकले पालिकाले पनि घरै नहुने र छाना नहुनेलाई प्राथमिकताको आधारमा सहयोग गर्ने गरेको बताए । उनले सहयोग गर्ने सबैलाई मावन हुनुको धर्म निभाएको भन्दै धन्यबाद दिए । खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले घर अभियान सञ्चालन गर्ने पत्रकार खगेन्द्र दाहाल र गणेश राई प्रशन्साका पात्र रहेको बताइन । उपाध्यक्ष मल्लले सबैको सानो सानो सहयोगले यति राम्रो घर बनाउन सक्नु नै अभियानको सफलता रहेको बताइन ।

खबरगन्ज डट कमले दुई महिना अघि दृष्टिविहिन विकको घरको अवस्थाका बारेमा समाचार र भिडियो सामाग्री प्रशारण गरेको थियो । घर हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्दै समाजसेवी लिल बहादुर थापाले सबैले गरेको सहयोगले दिन दुखिलाई राहत मिल्ने गरेको बताए । समावसेवी थापाले सञ्चारकर्मि भएर पनि मानवसेवा तर्फ गरेको कर्म सम्मान योग्य रहेको उल्लेख गरे ।

घर हस्तान्तरण समारोहमा वडा नम्बर ४ का पुर्व वडाध्यक्ष युवा राजनितिज्ञ तिलकविर सुनारले यस किसिमको अभियानमा सरकार सहितको सहयोग अपरिहार्य रहेको उल्लेख गरे । सुनारले घरबार विहिनहरुका लागि सरकारले नै यस किसिमको अभियान स्वरुप योजना बनाएर कार्य थालनी गर्न आवश्यक रहेको बताए ।

घर र शौचालय हस्तान्तरणका बेला समाजसेवी लिल बहादुर थापाले ६ महिना पुग्ने खाध्यान्न सामाग्री प्रदान गरेका थिए । समारोहमा इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहर निरिक्षक पुर्ण केसी, सहायताका लागि सहयोगी हातहरुका अध्यक्ष पुष्पा सुनार, आदर्श युवा सञ्जालका अध्यक्ष कल्पना तामाङ, स्थानिय, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

https://www.youtube.com/watch?v=DWKcoXcaE6o