नेपालगन्ज : खजुरामा निःशुल्क आयुर्वेद वैकल्पिक स्वास्थ्य शिविर संचालन गरिएको छ । खजुरा गाउँपालिकाको आर्थिक स्रोत तथा सहयोगमा नागरिक आरोग्य सेवा केन्द्र खजुराले शिविर संचालन गरेको हो ।
खजुराको वडा नम्बर ४ बद्र्रिपुरमा संचालन गरिएको निःशुल्क शिविरमा २२३ जनाले सेवा लिएका छन । जसमा पुरुष १०८ र महिला ११५ जनाले सेवा लिएको नागरिक आरोग्य ( आयुर्वेद) सेवा केन्द्रका प्रमुख किरण खनालले जानकारी दिनुभयो । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले व्यानर पढेर शिविरको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा खजुरा गाउँपालिकाका उपाध्यक्ष एक माया विक, प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसी लगाएतको उपस्थिती रहेको थियो ।