Breaking News
कर्मबिर, दानबिर समाजसेवी थापालाई नेपालगञ्जमा सम्मान

नेपालगन्ज : बाँकेर बाँकेको खजुरा गाउँ पालिका वडा नम्वर ४ डि गाउँमा जन्मिएका लिल बहादुर थापा सामान्य परिवारका सदस्य हुन् । जीवन जिउने क्रममा १७ बर्ष अघि डिभि परेर उनी अमेरिका गए । अमेरिका गएर सुख सयलको जिन्दगि व्यतित गर्दै थापाले आफ्नो गाउँ, ठाउँलाई चटक्कै भुल्लान् भन्ने आम अनुमानलाई उनले गलत सावित गरिदिए । दिनको १६, १७ घण्टा श्रम गरेर मनग्य अर्थोपार्जन गर्दै आएका उनले सो आम्दानीबाट आफ्नो दुनो सोझ्याउन लागेनन, निभेको दिन दुःखिको चुलो बाल्न तर्फ उनी लागे । सार्वजनिक श्रोतको दोहन गर्नेहरुको बिगबिगि भईरहेको बेला कडा परिश्रम गरेर कमाएको पैंसाबाट अनवरत रुपमा सहयोग गर्ने थापा प्रेरणादायी व्यक्ति हुन् । यसैकारण पनि उनको चर्चा चुलिदै गएको छ । थापाले दशकौं देखि बाँके लगायत गुल्मी, बाग्लुंग, पर्वत लगायतको जिल्लामा रहेका सहयोगापेक्षि व्यक्तिहरुको गास, बास र कपासका लागि सहयोग गर्दै आएका उनी हाल जन्मथलो बाँकेमा छन् ।

बाँकेमा रहेर दुरदराजमा रहेका बिभिन्न प्रकारका पीडितहरुलाई सहयोग गरिरहेका छन् । हो उनै कर्मबिर, दानबिर समाजसेवी थापालाई आज नेपालगञ्जमा सम्मान गरिएको छ । बास नेपालद्धारा नियमित रुपमा सञ्चालित साप्ताहिक कार्यक्रम ईन्सपाईरिंग युथको ३१६ औं श्रृंखलामा उनलाई सम्मान गरिएको हो । बास नेपालले उनलाई समाज सेवा सम्मान २०८१ बाट सम्मान गरेको हो । उनलाई प्रदान गरिएको सम्मान पत्रमा लेखिएको छ –दशकौं देखि अनवरत रुपमा सामाजिक सेवामा क्रियाशिल तपाईंले अमेरिकामा रहेर नेपालीहरुलाई गरेको सहयोगबाट हामीहरु उत्प्रेरित भएका छौं । ग्रामिण क्षेत्रमा रहेर संघर्ष गर्दै अमेरिकामा पुगेर नेपाल र नेपालीको सुख दुःखमा साथ दिनु सह्रानिय कार्य हो । अमेरिकामा रहेर बाँके लगायतका सहयोगापेक्षीहरुलाई अनवरत सहयोग गर्दै सामाजिक कार्यका माध्यमबाट समाज र राष्ट्रलाई पुर्याउनु भएको योगदानको उच्च कदर गर्दैै तपाईंलाई समाज सेवा सम्मान —२०८१ प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य माननीय अम्विका काफ्ले, नेपाल रेडक्रस सोसाईटीका पूर्ब केन्द्रीय उपाध्यक्ष अजित कुमार शर्मा, बास नेपालका सल्लाहकार किरण आचार्य, अधिबक्ता लोक बहादुर शाह लगायतले थापालाई सम्मान पत्र प्रदान गरेका थिए । सम्मान प्रदान गर्दै प्रमुख अतिथी काफ्लले अमेरिकामा रहेर नेपालीहरुलाई सहयोग गर्नु महानता भएको बताईन् । सहयोगापेक्षि व्यक्तिहरुलाई सहयोग गर्ने व्यक्ति भगवानरुपी व्यक्ति भएको उनले बताईन् । उनले समाजसेवी थापाले सरकारले गर्नुपर्ने काम एक्लो श्रमको पैसा खर्च गरेर गरिरहेको बताईन् ।

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटीका पूर्ब केन्द्रीय उपाध्यक्ष अजित कुमार शर्माले संघर्ष गरेर कमाएको पैंशाबाट सहयोग गर्नु ठूलो कुरा भएको बताए । शर्माले यस्तो दानी व्यक्तिलाई सरकारले बेलैमा चिन्न पर्ने उल्लेख गरे । बास नेपालकी सल्लाहकार किरण आचार्यले नेपालीको पीडा बुझेर सहयोग गर्ने थापा सम्मान योग्य पात्र भएको बताईन् । उनले लिल बहादुर थापा जस्तो बन्न सबैमा उत्प्रेरणा जाग्न पर्ने बताईन् ।

कार्यक्रममा बोल्दै अधिबक्ता लोक बहादुर शाहले साहरा बिहिन व्यक्तिको साहरा बनेका थापा प्रेरणाको श्रोत भएको बताए । पत्रकार खगेन्द्र दाहालले सम्मानित व्यक्तित्व थापाको बारेमा बोलेका थिए । पत्रकार दाहालले सम्मानित व्यक्तित्वको चर्चा जति गरेपनि कम हुने बताए । अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा निर्देशक हेमराज भट्टले स्वागत गरेका थिए भने कार्यक्रमको समापन बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए ।


प्रतिक्रिया