धौलागिरी गाउँमा आमा समुहद्धारा समाजसेवी थापालाई भव्य सम्मान

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ स्थित प्रगतीशिल आमा समुह धवलागिरीले समाजसेवी लिल बहादुर थापालाई भव्य स्वागत गरेका छन । आमा समुहले समाजसेवी थापा र सारथीहरुका लागी एक औपचारीक कार्यक्रमको आयोजना गरि स्वागत सम्मान गरेका हुन । दिन दुखिका लागी सधै सहयोगी बनेर उभिने खजुरा ४ डि गाउँका थापाले गरेको सेवा भावको उच्च कदर गर्दै आमा समुहले सम्मान गरेको हो ।

आमा समुहले समाजसेवी थापाको लागी भनेर सन्ध्याकालिन चियापानको आयोजना गाउँमै गरेको थियो । थापालाई फुलमाला सहित दोसल्ला ओढाएर समुहले सम्मान व्यक्त गरेको हो । आमा समुहले बचत गरि जोडेको जमिनमा समाजसेवी लिल बहादुर थापाले भवन निर्माणमा सहायता गर्ने प्रतिवद्धता जनाए । आमा समुहले गाउँमा हुने पुजाआजा, विवाह, पार्टिहरुका लागी प्रयोगमा आउने टेन्ट, भाडा लगायतका सामाग्री जोडेर राखेका थिए । समुहसंग भएको सामाग्रीहरुलाई शुरक्षित रुपमा राख्न भवन निर्माण गर्न पर्ने आवश्यकता रहेकोले सबैमा सहायता गर्न आमा समुहका पदाधिकारीले आग्रह गरेका थिए । समाजसेवी थापाले आमा समुहलाई आफुले सक्ने सहायता गर्ने बताए ।

गाउँमा यसरी आफुलाई सम्मान गर्नुभएकोमा यसको ऋणी भएको सम्झीएको समाजसेवी थापाले जनाए । थापा सगैं पत्रकारीता सगै समाजिक कार्यमा सक्रिय रहेर दिन दुखिको सेवा गरेको भन्दै खबरगन्ज मिडियाका संचालक पत्रकार खगेन्द्र दाहाललाई पनि आमा समुहले सम्मान गरेको थियो । त्यस्तै खबरगन्जका पत्रकार गणेश राई, समाजसेवी याम कुमारी बुढामगर, दान बहादुर गुरुङ्खलाई समेत समुहले फुल माला र खादाले सम्मान व्यक्त गरेको थियो ।

समाजसेवी थापा अमेरिका बाट जन्मभुमिमा आएको दिन देखि दिनहुजसो विभिन्न स्थानमा स्वागत गर्ने र सम्मान व्यक्त गर्ने गरिएको पत्रकार दाहालले जानकारी दिए । थापाले गरेको समाजसेवालाई देखेर अधिकाशले स्वस्फुर्त रुपमा सम्मान गरिरहेको पत्रकार दाहाल बताउँछन l

प्रतिक्रिया