गणेश राई, नेपालगन्ज : खजुराका समाजसेवी लिल बहादुर थापालाई एकै दिन तीन स्थानमा सम्मान गरिएको छ । अमेरिका बस्दै आइरहेका समाजसेवी थापाले नेपालका विभिन्न स्थानमा मानव सेवा गरे बापत नेपाल आएको मौका पारेर खजुरामा आयोजित तीज विशेष कार्यक्रमहरुमा सम्मान गरिएको हो ।
दिन दुखिको सेवामा समर्पित रहेका थापाले खजुरा लगायत नेपालका धेरै स्थानमा सहयोग गर्दै आएका छन । खजुरा बजारमा लक्ष्मी नारायण मन्दिर ब्यवस्थापन समितिले आयोजना गरेको मौलिक तीज कार्यक्रममा तथा १९ औ बृहत खजुरा तीज महोत्सव २०८१ मा समाजसेवी थापालाई सम्मान पत्र र दोसल्ला फुलमालाले सम्मान गरेको थियो ।
मन्दिर ब्यस्थापन समितिका अध्यक्ष तथा महोत्सव सम्योजक शिवराज श्रेष्ठले सम्मान गरेका थिए । तेस्तै खजुरा गाउँ पालिका वडा नम्बर १ मा रहेको राधापुर सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको एकल तीज गीत नृत्य प्रतियोगितामा समाजसेवी थापालाई खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक, उपाध्यक्ष मन्जु मल्ल, प्रमुख प्रशासकीय अधिकृत बस बहदुर राना, राधापुर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष सुन्दर गुरुङ लगायतले सम्मान पत्र र दोसल्लाले सम्मानित गरे । एता खजुरा ४ डि गाउँमा न्यू डाफे स्पोर्ट्स क्लब खजुराले आयोजना गरेको हरितालिका तीज कार्यक्रममा लिल बहादुरलाई सम्मान गरिएको थियो ।
लिल बहादुर थापाले बेसाहरा, दुखी पीडित , बेघर हुनेलाई घर बनाइदिने, खान खान नहुनेलाई खाध्यान्न , बिरामिलाई उपचार , युवालाई हौसला लगायत धेरै समाजिक कार्य गरिरहेका छ्न । बुधबार नेपालगन्ज बिमानस्थलमा समाजसेवी थापालाई स्थानीयले पन्चेबजा सहित स्वागत गरेका थिए । थापाको स्वागत सम्मान गर्नका लागि खजुराले विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ ।