गणेश राई, नेपालगन्ज : झण्डै ३० वर्ष पुरानो घर । पेडारी नाला १० मिटरको दुरिमै छ । अलि जोडले पानी आउँदा बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँ थपलट बस्ने वृद्ध उमेर पुगिसकेका भिम बहादुर खत्रिको निद्रा हराउँछ । बाढी पसेर भएको हैरानीले हरेक वर्ष खत्रिको परिवारमा त्रास ल्याउने गरेको छ । यसपालि त झनै घरको पर्खालहरु पनि बाढी पसेर भत्किए ।
भत्कएको घरमा पालिमा खाट राखेर बसिरेका भिम बहादुरको लागी नयाँ घर बन्ने भएको छ । यो खबर सुनेदेखि भिमबहादुर निकै खुसी छन । उनको घरको अवस्था खबरगन्ज डट कमको अफिसियल फेसबुक पेजमा हेरेपछि खजुरा डि गाउँ निवासी हाल अमेरिका रहनुहुने बरिष्ठ समाजसेवी लिल बहादुर थापाले आफ्नो एकल लगानीमा बनाइदिने हुनुभएको छ ।
खबरगन्जका संचालक पत्रकार खगेन्द्र दाहालले लिल बहादुर थापाले घर बनाइदिने उदघोष गर्नुभएसगैं निर्माणको काम सुरु गरिएको बताउँनुभयो । दिन दुखिको दुख देख्न नसक्ने लिल बहादुर थापाले अमेरिकामा १६ घण्टा काम गरेर यसरी सेवा गरिरहनुभएको छ । आधा दर्जन बढि घरबार विहिनहरुलाई नयाँ घर आफ्नै दुखले आर्जेको सम्पतिले बनाइदिनुभएको छ ।
खान लाउन बाट बन्चितहरुलाई तत्कालै राहत पुगाउनेमा पनि अग्रसर हुने लिल बहादुर थापाले खजुरामा मात्रै यो घर निर्माण सहित दुई घर पुग्ने छ । यस अघि डि गाउँकै बेसाहरा लिलि शाहिको लागी घर निर्माण गरि हस्तान्तरण समेत गरिसक्नुभएको छ । बाढीले घर भत्काएपछि बेघर बन्न पुगेका भिम बहादुरको घर बन्नेभएपछि खुसिले हर्सित हुनुभएको छ । उहाँ धन्यबाद दिदैं भन्नुहुन्छ, लिल बहादुर थापा हामि जस्ता दुखि गरिवको भगवान नै हुन् l