नेपालगन्ज : गुल्मीको जि टिभिले रिपोटिङ्ग गरेको भिडियो हेरर दुखि पिडितलाई सहयोग गर्न थालेका बाँके खजुरा गाउँपालिका ४ डि गाउँका लिलबहादुर थापा एक चर्चित समाजसेवी हुन । हाल अमेरिकामा रहने उनि नेपालमा रहेका धेरै विरामी, दुखि पिडितहरुलाई सहयोग गर्छन । उनले गुल्मीमा मात्र नभएर नेपालका अधिक जिल्लाका असाहायहरुलाई सहायता प्रदान गरिरहेका छन ।
लिल बहादुरले आफुले कमाएको थोरै अंश मात्र आफ्नो लागि खर्च गर्छन भने धेरै दुखिको दुखमा मल्लम लगाउन खर्चिन्छन । नेपालमा दिनहुँ उनले सहयोग रकम पठाइरहेका हुन्छन । गुल्मी, बाग्लुङ्ग, पर्वततिर उनले सेवा गरेको धेरे भेटिन्छन भने, बाँके उनको गृह जिल्लामा पनि पछिल्ला वर्षहरुमा उनले सहयोग गर्ने क्रम बढेको छ ।
लिल बहादुरले कुनै ठाउँ विशेष भन्दा पनि समस्या के कस्तो हो भनेर प्राथमिकताको आधारमा सहयोग गर्ने गर्नुहुन्छ बाँकेका पत्रकार खगेन्द्र दाहालले बताए । खबरगन्ज मिडिया मार्फत उत्पादित भिडियो हेरेर तत्कालै धेरैले राहत पाइरहेका छन खबरगन्जका सम्पादक समेत रहेका पत्रकार दाहालले बताए । सामाजिक कार्यमा लिल बहादुरको सक्रियता प्रसन्सनिय छ’, उनले भने ।
हाल सम्म समाजसेवी लिल बहादुरले करोडौ रकम दुखि गरिब अनि असाहायहरुलाई सहयोग गरेका छन । उनले युवालाई हौसला दिन बेला बेलामा खेलकुद क्षेत्र, कलाकारीता, शिक्षामा लागेकाहरुलाई समेत आर्थिक सहयोग गर्ने गरेका छन । उनको सहयोगले कतिको भोको पेट भरिएको छ भने कतिको रोग निको भएको छ । सहयोग गरेका अधिकाशंलाई लिल बहादुरले भेटेका पनि छैनन् । सहयोग गरेका मान्छेहरुसंग कुरा पनि भएको हुदैन तर पनि उनको मन दुख देख्न नसक्ने खालको छ र त मद्धत गर्न अघि सर्छन् ।
उमेरले ५ दशक काटेका लिलबहादुर अमेरिकामा अन्य व्यक्ति सरहभन्दा डबलै काम गर्छन । दैनिक १६ घण्टा त उनको काम गर्ने समय तालिका नै छ । उनले अरु मानिस संघ सस्थासंग सहयोग मागेर पठाउने गर्दैनन् । आफ्नो शुद्ध कमाएको पैसाले सेवा गरिरहेका लिल बहादुरलाई दुखिका भगवान उपाधि समेत धेरैले समामाजिक सञ्जाल मार्फत दिइरहेका छन । उनि भन्छन्, ‘मैले मेरा लागि त पुग्ने गरि कमाइसके जति कमाउँछु त्यसले समाज र देशको लागी सेवा गर्छु र गरिरहनेछु । यसमै मलाई आनन्द आउने गर्छ ।
दुखिलाई सहयोग गर्न पाउदाँ मैले उहाँहरुको पनि आशिस पाइरहेको हुन्छु । ति दुखिहरुको आशिसले पनि होला अझै सम्म पनि दैनिक १६ घण्टा काममा खटिन सकेको छु’, उनले भने । लिल छिटै नेपाल आउँदैछन । उनि नेपाल आउने खबरले उनका प्रशन्सकहरु हर्सित त छन नै, लिल बहादुरले सहयोग गरेकाहरु भेट्न पाउने आशामा बसेका छन ।