पानिले भत्कीयो दृष्टिविहिन जय बहादुरको घर

गणेश राई, नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ६ सिमलघारी बस्तीका दृष्टिविहिन जय बहादुर विकको घर पानिले भत्काइदिएको छ । गाउँलेले मिलेर माटोको देवाल लगाइदिएको घर पानि जमेर ढलेपछि बस्ने बास गुमेको छ । घर नजिक मान खोला र जंगल रहेकाले जंगली जनावरको डर उतिकै छ ।

जय बहादुर आफ्नो परिवार संग भत्केकै घरमा बास बस्न बाध्य छन । कलाकारका रुपमा गित गाउँदै नेपालगन्जको भेरी अस्पताल, मालपोत कार्यालय लगाएतका स्थानमा गेट अगाडि गित गाउँदै जम्मा भएको केहि पैसाले उनको दैनिकै गुजरा चल्दै आएको थियो । केहि महिना देखि विरामि परेपछि गित गाउँने कार्य पनि रोकीएको जयबहादुर बताउँछन । दैनिक ४, ५ सय आम्दानी हुन्थ्यो त्यसैले साझ विहानको छाक टार्न सहज थियो अब त घर नै पानिले भत्काइदियो कहाँ बस्ने उनले चिन्ता व्यक्त गरे ।

घर सहित बल्लतल्ल बनाएको सौचालय पनि भत्कीदा शौच गर्न समेत उनिहरुलाई मुस्किल परेको छ । घरको अवस्था यस्तो छ उता छोराले स्कुलको ड्रेस किन्न पैसा माग्दैछ मैले कहाँबाट ल्याएर दिनु उनले दुखेसो पोखे । दृष्टि विहिन जयबहादुरलाई खान र सुत्न नै बेड विस्तारा नहुदाँ खजुरा डि गाउँ हाल अमेरिका बस्ने समाजसेवी लिल बहादुर थापाले तत्कालै सहयोग पठाएर उद्धार गरेका थिए । अहिले पनि लिल बहादुर थापाले दिएको खाध्यान्नको उपयोग जय बहादुरको परिवारले गरिरहेको छ । बस्ने बास नै भत्कीएपछि जयबहादुरले सहयोगको याचना गरिरहेका छन । भत्कीएको घरमा निद्रा पनि नपर्ने रहेछ उनले खबरगन्ज टिमसंगको भेटमा दुखेको सुनाए ।

प्रतिक्रिया