गणेश राई, नेपालगन्ज : नेपालगन्ज बसपार्क छेउमा रहेको भाडाको कोठामा बस्दै आएकी धनु बमको दुबै खुट्टाले काम गर्दैन । उनका श्रीमानले आखाँ देख्दैनन् । नेपालगन्जको बसपार्क छेउमा एक घरको सिडी चढिसकेपछि उनिहरुको साघुँरो कोठा आउँछ । कोठामा धनुका श्रीमान सगैं आमा पनि बस्न थाल्नु भएको छ विगत १ हप्तादेखी । त्यसअघि उनिहरुसंग बहिनी ज्वाई बस्दथे । अहिले बहिनी ज्वाई भारततिर रोजगारीका लागी गए । घरमा रासनपानी व्यवस्था गर्ने बहिनी ज्वाईले छाडेर गएपछि खान समेत मुस्किल धनुलाई छ । धनु गर्भवती छिन । भाद्र ७ गते डाक्टरले भेरी अस्पतालमा डेलिभरीको लागी बोलाएपनि बच्चा उल्टो रहेकाले चिकित्सकले दिएको समयभन्दा अघि नै सल्यक्रिया गर्नुपर्ने बाध्यता देखिएको छ ।
कोठामा खानेकुरा समेत सकिएको र बच्चा जन्माउने दिन पनि नजिकिदै आएकोले उनिहरु निकै तनावमा थिए । आर्थिक रुपले पनि निकै कमजोर रहेका उनिहरुको अवका दिन कसरी अगागि बढ्ला भनेर चिन्ता धेरैले लिए । उनिहरुको अवस्थाको बारेमा डिजिटल मिडिया खबरगन्जले खबर प्रशारण गर्यो ।
खबरगन्जले तिन महिना अघि पनि उनिहरुको बारेमा भिडियो सामग्री प्रशारण गरेको थियो । त्यो बेला समाजसेवी लिल बहादुर थापाले खाध्यान्न सामग्री लगाएत सहयोग गरेका थिए । साथै नेपालगन्जका डा. पारस श्रेष्ठले ह्यील चियर सहित स्वास्थ्य सेवा प्रदान गरे । अन्य व्यक्तिहरुले पनि केहि आर्थिक तथा भौतिक सहयोग गरेका थिए । हाल फेरी उनिहरुको अवस्था नाजुक रहेको खबरगन्जले एक भिडियो सामग्री प्रशारण गर्यो । धनुको पेटमा अहिले बच्चा हुर्कदै छ ।
गर्भवती धनुले राम्रो लाउन त के पेटभरी खान समेत पाउन मुस्किल रहेको भिडियो सामग्री हेरेर पुन : बाँके खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी हाल अमेरिका बस्ने समाजसेवी लिल बहादुर थापाले तत्काल खान समेत मुस्किल रहेको धनुको कोठामा ६ महिना पुग्ने खाध्यान्न लगाएतका सामाग्री सहयोग गरेका छन ।
खबरगन्जका टिम लिडर पत्रकार खगेन्द्र दाहालले समाजसेवी थापाले पठाएको सहयोग धनुको कोठामा पुगेरै प्रदान गरे । थापाले धनुको पिडालाई हेरेर सहयोग निरन्तर गरिरहेको बताए । समाजसेवी थापाले धनुको डेलिभरी राम्रोसंग गराउन सम्बन्धित निकायसंग आग्रह समेत गरेका छन ।
दुखि पिडितको घाउमा मल्लम लगाउन सदैव अग्रसर हुने लिल बहादुरले नेपालका धेरै स्थानमा सहयोग गर्दै आएका छन । उनले गरेको सहयोग कुनै व्यक्ति वा सस्थाबाट संकलन गरिएको भने नभएर उनले अमेरिकामा रहेर दैनिक काम गरेको पारिश्रमिकको पैसा हो । उनले हरेक नेपालीले सहयोगको भावना मनमा जगाउन आवश्यक रहेको बताए ।