पर्यटकलाई लोभ्याउदै बर्दियाको सत्खलुवा ताल

संजय आचार्य
बर्दिया : पछिल्लो समयमा बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्बर ९ स्थित सत्खलुवा तालमा आन्तरिक पर्यटकको आर्कषण बढेको छ । बर्दिया जिल्ला यसै पनि पर्यटकिय दृष्टिले अघि छ । पुरानो इतिहास बोकेको रमणीय बताबरणमा अवस्थित सत्खलुवा ताल बास्तवमै प्रकृतिको अनुपम उपहार हो । मनोरम दृश्यले भरिपुर्ण तालले पर्यटकको मनलाई थप आनन्दित बनाई रहेको छ ।

पूर्वपश्चिम राजमार्गको बैदी चोकबाट करिब तिन किलोमिटर उत्तरमा अवस्थित सत्खलुवा ताल पुग्न् अगावै फराकिला बाटो अनि मनोरम दृष्यको बीचमा सत्खलुवा होमस्टे छ, जहाँ आउने पाहुनालाई हार्दिकताका साथ स्वागत गरिन्छ । बर्दियाको सदरमुकाम गुलरिया देखी करीब २५ किलो मिटरको दुरीमा पर्ने पर्यटकिय क्षेत्र सत्खलुवा ताल जैविक विविधताले भरिपूर्ण छ । विभिन्न जातीका जिवजन्तुको साथ साथै अनेक प्रजातिका चराचुरूंगी, जंगली पाटे बाघ, चित्तल, दुम्सी, बँदेल लगायतका जनावर सजिलै अवलोक गर्न पाउनुले पनि पर्यटकको मन तानेको हो । यति मात्र होइन ताल क्षेत्रमा गरिएको बोटिङ सफारिले थप मनेरञ्जन प्रदान गरेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज सगैं सटेको बारबर्दिया नगरपालिकाको सत्खलुवा ताल पर्यटकीय गन्तव्य बन्न प्रशस्त सम्भावना बोकेको भए पनि प्रचार प्रसारको अभावमा पछि परेको देखिन्छ । नगरपालिकाको सामुदायिक वनको मध्यवर्ती क्षेत्रमा रहेको सुन्दर तालको दृष्यले त्यहाँ आउने पर्यटकलाई मोहित बनाएको छ । सामुदायिक वनभित्रको तालमा बोटिङको व्यवस्था गरिएसगैं त्यस वरपरका आन्तरिक पर्यटकहरूको भीड लाग्ने गरेको छ । हरियाली क्षेत्र त्यसमा पनि मन छुने चराचुरुङीको आवाज सुन्न आतुरमनहरु त्यहाँ पुग्ने गरेका छन । बर्दियाको पर्यटन क्षेत्रलाई सत्खलुवा तालले थप अगाडि बढाएको स्थानिय बताउँछन ।

सत्खलुवा ताल जादा बाटोमा रमणीय दृश्यको अवलोकन गर्नुका साथै त्यँहा रहेको होमस्टेमा स्थानीय आर्गानिक लोकल खानाका विविध परिकार तथा परम्परागत लोक सँस्कृति झल्किने मनोरञ्जनात्क नृत्य पनि हेर्न पाइन्छ । होमस्टेमा विश्राम गरिसके पछी करिब १० मिनेटको पैदल यात्रा पश्चात मनै लोभ्याउने सत्खलुवा ताल पुगिन्छ । गाउँको रहनसहनलाई नियाल्दै सत्खलुवा ताल घुम्न आउनेहरु पुन : पछि आउनेगरि फर्कने गरेका छन । वि. स.ं २०७१ सालमा नेपाल सरकारले उक्त क्षेत्रलाई नेपालको सिमसार क्षेत्र मध्ये सत्खलुवा ताललाई पनि सिमसार क्षेत्रको रुपमा घोषणा गरे संगै सो स्थानको जग्गाको मुल्य समेत बढेको छ ।

बारबर्दिया ९ खैरेनीका स्थानिय सोम प्रसाद थारुका अनुसार सत्खलुवा ताल घुम्म आउँदा भने जंगलमा सचेत हुनुपर्ने बताउँछन । सजकता अपनाई ताल क्षेत्रमा घुम्म उनले अनुरोध गर्छन ।सत्खलुवा ताल संरक्षण समितीले तालको संरक्षण गर्न योजना बनाएर काम गरिरहेको र यसको प्रसार प्रचारलाई समेत ध्यान दिइएको जनाएको छ । बारबर्दिया नगरपालिकाले पनि सत्खलुवा ताल संरक्षणमा चासो दिएको छ । नगरपालिकाले आफनो बार्षिक बजेटमा समेत ताल संरक्षणका लागी छुटटै बजेट छुट्टाएको र सोहि अनुसार कार्य गरिरहेको जनाएको छ । गत बर्ष रु ५ लाख ताल संरक्षणका लगी छुटटाएको नगरपालिकाले चालु आर्थिक वर्षमा पनि ५ लाख छुटटाइको कार्यालयका लेखापाल लेखनाथ र्गौतमले बताए ।

सत्खलुवा ताल संरक्षण तथा तालको बिकास र प्रबधनका लागी स्थानिय सरकार र केन्द्रले अझै चासो दिनुपर्ने स्थानिय बताउँछन । ताल घुम्न आएका स्थानिय पर्यटकले ताल क्षेत्र वरपर केही समय विश्राम गर्न मिल्ने टहरा, स्वाच्छ पिउने पानीको प्रबन्ध लगायतको व्यवस्थापन गर्न अवश्यक रहेको स्थानिय पर्यटक रबिन्द्र थारुले सुझाव दिए । अधिकांश सार्वजनिक विदा वा शनिवारका दिन बढी भिडभाड रहने सत्खलुवा तालमा पिकनिकको लागी पनि पर्यटकको पहिलो रोजाइ बन्न पुगेको स्थानिय बताउँछन ।

तालको संरक्षण र प्रर्वधनमा ताल नजिकै रहेका स्थानियहरुले आन्तरिक सगै बाह्य पर्यटक भित्राउन रणनितिक योजना बनाउन आवश्यक छ । पर्यटन प्रर्वधनले ठाउँको नाम चिनाउने मात्र नभएर आर्थिक विकासमा समेत टेवा पुगाउने काम गरेको हुन्छ । यसले स्थानियलाई रोजगारी दिने, विकासको गति वढाउने र अप्रतक्ष रुपमा नयाँ कुरा सिक्ने सिकाउने काम पनि गरिरहेको हुन्छ । सत्खलुवा ताल बर्दियाको एक सम्भावना बोकेको ताल हो यसलाई थप आर्कषक बनाई धेरै पर्यटक भित्राउन सकिन्छ ।

प्रतिक्रिया